खेल

वानडे क्रिकेटमा एक सय बढीको ‘स्ट्राइक रेट’मा धेरै शतक बनाउने ५ क्रिकेटर

वानडे क्रिकेटमा एक सय बढीको ‘स्ट्राइक रेट’मा धेरै शतक बनाउने ५ क्रिकेटर

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउन सक्नु क्रिकेट खेलाडीका लागि ठूलो उलब्धि हो । एकदिवसीय क्रिकेटमा सर्बाधिक धेरै शतक बनाउने खेलाडीको कीर्तिमान भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरको नाममा छ । उनले वानडे क्रिकेटमा ४९ शतक बनाएका छन् । वानडेमा कयौं क्रिकेटरले १ सय बढीको स्ट्राइक रेटमा शतक बनाएका छन् । आज हामी तपाइलाई वानडेमा १  सय बढीकाे ‘स्ट्राइक रेट’ भन्दा सर्बाधिक शतक बनाउने पाँच क्रिकेटरकोबारेमा चर्चा गर्दै छौंः

५. मिरोन हेटमायरः यो सूचीको पाँचौं स्थानमा वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान हेटमायर आउँछन् । उनले हालसम्म वानडेमा ५ शतक बनाएका छन् । यी सबै शतक बनाउँदा उनको ‘स्ट्राइक रेट’ १०० भन्दा बढी नै छ । वानडेमा हालसम्म खेलेका ४४ म्याचमा उनले १३ सय ३८ रन बनाएका छन् । हेटमायरले २०२० को इन्डियन प्रिमियर लिग (आइपीएल) दिल्ली क्यापिटल्सबाट खेल्दै छन् । उनलाई दिल्लीले मोटो रकममा टीममा अनुबन्ध गरेको छ । गत सिजनमा उनले रोयल चलेन्जर्स बैंगलोरबाट आइपीएल खेलेका थिए ।  

४. शाहीद अफ्रिदीः यो सूचीको चौथो स्थानमा पाकिस्तान क्रिकेट टिमका पूर्व स्टार शाहीद अफ्रिदीको नाम आउँछ । उनले वानडे क्रिकेटमा ६ शतक बनाएका छन् । यी सबै शतक बनाउँदा उनको ‘स्ट्राइक रेट’ १०० भन्दा बढी नै थियो । अफ्रिदीले वानडेमा ३९८ म्याचमा ८ हजार ९८ रन बनाएका छन् । जसमा उनले ३५१ छक्कासमेत प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा भने अफ्रिदीले ४५० बढी छक्का प्रहार गर्दै कीर्तिमान बनाएका छन् । 

३. जोनि बरिस्टोः यो सूचीकाे तेस्रो स्थानमा इंग्ल्याण्डका बेरिस्टोको नाम आउँछ । केही वर्षयता उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बेरिस्टोले हालसम्म वानडेमा २५ सय बढी रन बनाइसकेका छन् । यसक्रममा उनले ९ शतक बनाएका छन् । जसमा बेरिस्टोको ‘स्ट्राइक रेट’ १०० बढी छ । 

२. एजाज अहमदः यो सूचीको दोस्रो स्थानमा पाकिस्तान टीमका पूर्वक्रिकेटर अहमदको नाम आउँछ । उनले पाकिस्तानका लागि २५० वानडे म्याचमा ६ हजार ५ सय ६४ रन बनाएका थिए । यसक्रममा एजाजले १० शतक बनाएका थिए । यी सबै शतक उनले १०० भन्दा बढीको ‘स्ट्राइक रेट’मा बनाएका थिए । इजजाले टेष्ट क्रिकेटमा ३ हजार रन बनाएका छन् ।

१. एबी डिभिलयर्सः यो सूचीको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका स्टार त्रिकेटर एबी डिभिलयर्सको नाम आउँछ । उनले २२८ वानडे म्याचमा ५० बढीको शानदार औसतमा ९ हजार ५ सय ७७ रन जोडेका छन् । यसक्रममा डिलिभियर्सले २५ शतक बनाएका छन् । यी सबै शतक बनाउँदा उनको ‘स्ट्राइक रेट’ १०० बढी थियो ।  

शतक वानडे क्रिकेट स्ट्राइक रेट

विशेष