नेपालद्वारा मलेसियालाई २७७ रनको लक्ष्य, आरिफको शानदार शतक

काठमाडौंः एकदिवसीय मैत्रीपूर्ण क्रिकेट खेलमा नेपालले मलेसिया–११ लाई २ सय ७७ रनको लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभरमा ९ विकेट गुमाएर २ सय ७६ रन बनायो ।
नेपालका लागि आरिफ शेखले अविजित शतक बनाए । उनकै शतमा नेपालले मलेसियालाई विशाल लक्ष्य दिन सफल भयो ।
यस्तै सन्दीप जोराले ५६, करण केसीले २५, पारस खड्काले १६, ज्ञानेन्द्र मल्लले १८ रनको योगदान दिए । पहिलो मैत्रीपूर्ण खेलमा मलेसिया–११ ले पोखरा ११ लाई ६ विकेटले हराएको थियो ।
आरिफ शेख मैत्रीपूर्ण क्रिकेट खेल मलेसियाविरुद्ध नेपाल