खेल

बिग बास लिगः सिक्सर्सविरुद्ध पनि प्लेइङ ११ मा अटाए सन्दीप

बिग बास लिगः सिक्सर्सविरुद्ध पनि प्लेइङ ११ मा अटाए सन्दीप

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग अन्तर्गत सिड्नी सिक्सर्स विरुद्धको खेलमा मेलबर्न स्टार्सले टस जितेर बलिङ रोजेको छ । मेलबर्न र सिक्सर्सबीचको खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा मौका पाएका छन् । 

जारी सिजनमा उनले १० म्याचमा १२ विकेट लिएका छन् । जारी प्रतियोगितामा उनीआवद्ध मेलबर्नले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । गत सिजन उपविजेतासमेत रहेको मेलबर्नले ११ म्याच खेल्दा १० खेलमा जित हात पारेको छ । र, उसले तालिकामा २० अंक बटुलिसकेको छ ।

मेलबर्न तालिकाको शीर्ष स्थानमा रहँदा सिक्सर्स तेस्रो नम्बरमा छ । उसले ११ म्याच खेल्दा ६ खेलमा जित हासिल गरेको छ । र, सिक्सर्सले १३ अंक बनाएको छ । मेलबर्न यो सिजनमा पनि ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेल र सिक्सर्समा मोइसेस हेनरिक्स कप्तान रहेका छन् । सिक्सर्समा टम करन, जेम्स विन्स, नाथन लायनलगायत स्टार क्रिकेटर छन् ।

सिक्सर्सविरुद्ध मेलबर्नको प्लेइङ ११– मार्कस स्टोइनिस, हिल्टन कार्टराइट, निक म्याडिन्सन, ग्लेन म्याक्सवेल (कप्तान), सेबास्टियन गोच, निक लार्किन, जोनाथन मर्लो, क्लिंट हिन्चलिफ, डानियल वरवल, लान्स मोरिस र सन्दीप लामिछाने । 

बिग बास लिग बीबीएल सन्दीप लामिछाने

विशेष