यात्रा गर्दा वान्ता हुन्छ ? उसो भए यसो गर्नुहोस्
नयाँ ठाउँमा घुम्न फिर्न कसलाई पो मन लाग्दैन र ? तर कतिपय मानिसका लागि यात्रामा बाधक बनिदिन्छ वान्ता। लामो यात्राको क्रममा सानालाई मात्र नभई ठुला मानिसहरुलाई पनि उल्टी हुने समस्या हुन्छ। यसले यात्रालाई रमाइलो बनाउनुका साटो अझ झन्झटिलो बनाईदिन्छ। उल्टी शरीरका विजातीय पदार्थ बाहिर निकाल्ने एक प्रक्रिया पनि हो तर कहिले कहिँ विभिन्न संक्रमणका कारणले पनि वान्ता हुने गर्दछ
आज हामी यात्राको दौरानमा वान्ता हुने समस्याबाट बच्ने केहि उपायका बारेमा बताउन जाँदैछौं जुन तपाईका लागि प्रभावकारी हुन सक्छ
-ल्वांगलाई पिसेर हल्का मनतातो पानीमा मिसाएर खानाले वान्ता हुने समस्या कम हुन्छ। सामान्य अवस्थामा पनि ल्वांग खानाले सुखा बाडुल्कीबाट समेत छुटकारा पाइन्छ।
-कच्ची तथा खाल्डाखुल्डी परेको बाटोमा यात्रा गर्नु परेको खण्ड अघिल्लो सिटमा बस्दा केहि आराम मिल्छ। तर यसो गर्नु स्वस्थ्यका हिसाबले अत्यन्तै गलत हो।
-यात्रा गर्नुपुर्व हल्का खाना खानु आवश्यक छ। कतिपयको आदत वान्ता हुने डरले खाली पेट नै यात्रा गर्ने हुन्छ। तर यसो
वान्ता हुन ठिक भएपछि धेरै तातो र पिरोवाला खाना समेत खानु हुँदैन।
वान्ता भएपछि हल्का मनतातो पानीमा नुन मिसाई मुख कुल्ला गर्नुपर्छ।