मनोरञ्जन

ट्रेलरमा यस्तो देखियो सुशील र रुबिनाको 'लभ डायरिज' (ट्रेलरसहित)

ट्रेलरमा यस्तो देखियो सुशील र रुबिनाको 'लभ डायरिज' (ट्रेलरसहित)

काठमाडौँ। चलचित्र 'लभ डायरिज' को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाबीचको नोकझोंक, प्रेम, रोमान्स र विछोड देखाइएको छ । 

प्रेमकथामा आधारित चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। चलचित्रमा मधु बास्तोलाको कथा र पटकथा, संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्ध खड्काको सम्पादन रहेको छ ।

चलचित्रको गीत संगीतले पनि दर्शको मन जित्न सफल भईसकेको छ। फेब्रुअरी १४ अर्थात् प्रेम दिवसको दिन प्रदर्शनमा आउने चलचित्रमा सुशील श्रेष्ठ र रुबिना थापाका अलावा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय रहेको छ।     

 

नेपाली चलचित्र लभ डायरिज

विशेष