कोरोना भाइरस परिक्षणका लागि अब विदेश जानु नपर्ने
काठमाडौं । मानव स्वास्थ्यलाई असर गर्ने नयाँ प्रकृतिको मानिएको कोरोना भाइरस परीक्षणका लागि विदेश जान नपर्ने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपालमै यो भाइरसबाट शंकास्पद मानिएका विरामीहरुको नमुना परीक्षण गर्न सकिने प्रबिधी तयारी अवस्थामा राखिएको छ ।
यस्तै प्रविधीका लागि आवश्यक पर्ने केमिकलहरु विश्व स्वास्थ्य संगठनको समन्वयमा भित्र्याउन लागिएको थियो । कोरोना भाइरस परिक्षणका लागि आबश्यक केमिकलहरु एक हप्ताभित्र नेपाल आइपुग्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । शंकास्पद विरामीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै परिक्षण गर्न सकिन्छ ।
भाइरसहरुको परिक्षण पोलीमराइजेसन चेन रियाक्सन प्रविधी (पि।सी।आर) बाट गरिन्छ । तर, भाइरस अनुसार फरक फरक केमिकलको आवश्यकता पर्छ । भाइरस परिक्षणका लागि आवश्यक जनशक्तीहरु प्रयोगशालाले तयारी अवस्थामा राखेको छ । परिक्षण गर्दा कोरोना भाइरसको इन्फेक्सन देखिए टेष्ट गर्दा पोजेटीभ देखिने चिकीत्सकहरु बताउँछन् । यो समाचार राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन।
कोरोना भाइरस