मनोरञ्जन

गुड न्यूजको सफलतापछि अक्षयले बढाए पारिश्रमिक

गुड न्यूजको सफलतापछि अक्षयले बढाए पारिश्रमिक

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमार यतिबेला चर्चाको शिखरमा छन। एकपछि अर्को चलचित्र सफल भएपछि उनि यसरी चर्चित बनेका हुन। 

केहि दिन अघि प्रदर्शनमा आएको उनि अभिनित चलचित्र गुड न्यूजले दर्शकहरुको अपार माया पाएको छ। चलाचित्रको कथावस्तुलाई दर्शकहरुले अत्याधिक रुचाएका छन। 

गुड न्यूजले गुड भ्युज पाएपछि खेलाडी कुमारले आफ्नो फि पनि बढाएका छन। एक जानकारी अनुसार उनले अभिनय गर्न लागेको नयाँ चलचित्रका लागि १ सय २० करोड रुपैंया पारिश्रमिक बुझेका छन।  

निर्माता आनन्द एल रायले अक्षयलाई त्यति भारी पारिश्रमिक दिएर अक्षयलाई चलचित्रमा ल्याउन लागेको चर्चा चलेको छ। नाम घोषणा नभईसकेको चलचित्रमा सारा अलि खान र धनुस पनि देखिने सम्भावना रहेको छ। 

 

 

 

अक्षय कुमार पारिश्रमिक

विशेष