स्वास्थ्य

कपालमा चायाँ किन पर्छ ? कारण र समाधानका उपायहरु, जानिराखौं

कपालमा चायाँ किन पर्छ ? कारण र समाधानका उपायहरु, जानिराखौं

टाउकोमा छालाका कोषहरु मर्ने र पलाउने क्रम निरन्तर चलिरहने हुनाले टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन् जसलाई हामी सामान्य अर्थमा चायाँ भन्ने गर्छौं। 

चायाँ पर्नुका कारण 

-सरसफाईको कमि 

-कपाल कम नुहाउने 

-हर्मोन परिवर्तन, अस्वस्थकर खानपान,टाउकाको रोग तथा टाउकामा केमिकलयुक्त स्याम्पुको प्रयोग। 

-लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण 

-प्रायः कपाल नकोर्ने, टाउको ननुहाउने, फुस्रो छाला भएका, चिसो मौसममा कोठा न्यानो पारेर बस्ने, बढी नुनिलो, गुलियो र मसालेदार खाना खाने तथा रक्सी सेवन 

-यस्तै, हृदयघात र मस्तिष्कघातबाट तंग्रिन लागेका बिरामी, जिंक तथा भिटामिनको कमी भएका, मानसिक तनाव भएका मानिसलाई पनि चायाँले सताउँछ ।

समाधानको उपाय 

नुहाउनुभन्दा  दुइ घण्टा अघि  नरिवलको तेलमा कपूर मिसाएर औंलाका टुप्पाले तालुमा मालिश गरी नुहाउने 

कपाल कोर्न प्रयोग गरिने काइँयो सफा राख्ने 

चाया हटाउन विभिन्न एन्टी डेन्ड्रफ सेम्फूहरुको प्रयोग गर्ने 

सेम्फू छान्दा केटोनाजोल, सेलेनियम सल्फाइड, जिंक पैरिथियोन, सेलिसिलिक एसिक, कोल टार, टि–ट्री ओयलजस्ता औषधियुक्त सेम्फू छान्ने

विभिन्न प्रकारका सेम्फूमध्ये आफूलाई उपयुक्त हुने सेम्फू छानिसकेपछि कम्तिमा एक महिना नियमित लगाउनुपर्छ । सुधार भएन भने सेम्फू बदल्न सकिन्छ । यसका लागि चर्म रोग विशेषज्ञको सल्लाह लिने

सेम्फूमा दिइएको लगाउने तरिका राम्रोसँग पढ्नुपर्छ र त्यही अनुसार उपयोग गर्ने

सेम्फू कम्तिमा पाँच मिनेटसम्म लगाउनुपर्छ । चाया नियन्त्रण नहुन्जेल दिनहु तथा नियन्त्रण भइसकेपछि हप्तामा दुई–तीन पटक प्रयोग गर्नु उपयुक्त हुन्छ ।

स्वस्थ छालाका लागि भिटामिनयुक्त साग–पात तथा फलफूल प्रसस्त मा

चाया

विशेष