खेल

टी–२० सिरिजः न्यूजिल्याण्डमा भारतलाई इतिहास रच्ने अवसर

टी–२० सिरिजः न्यूजिल्याण्डमा भारतलाई इतिहास रच्ने अवसर

काठमाडौंः टी–२०, वानडे र टेष्ट क्रिकेट सिरिज खेल्न भारतीय टीम न्यूजिल्याण्ड गइसकेको छ । भारतले ‘न्यूजिल्याण्ड टूर’ टी–२० सिरिजबाट शुक्रबारदेखि शुरु गर्दैछ । भारतलाई न्यूजिल्याण्डमाथि जित निकाल्न जहिल्यै पनि चुनौती हुन्छ । टी–२० क्रिकेटमा भारतले न्यूजिल्याण्डलाई कमै समय मात्र हराउन सकेको छ ।

न्यूजिल्याण्डको मैदानमा भारतले हालसम्म एक टी–२० सिरिज पनि आफ्नो नाममा बनाउन सकेको छैन । उसले न्यूजिल्याण्डमा १७ सेप्टेम्बर २०१७ मा पहिलो टी–२० म्याच खेलेको थियो । त्यसपछि न्यूजिल्याण्डसँग भारतको हारको श्रृंखला कायमै छ । २०१९ मा भारतले न्यूजिल्याण्डमा ६ म्याच खेलेको थियो । जसमा भारत एक खेलमा मात्र जित हासिल गर्न सफल भएको थियो ।

न्यूजिल्याण्डमा टी–२० सिरिज जित्न भारत १२ वर्षदेखि संघर्षरत छ । भारत र न्यूजिल्याण्डबीच हालसम्म ४ टी–२० सिरिज भएका छन् । जसमा दुवै देशले २–२ सिरिजको आयोजना गरेका थिए । ४ सिरिजमा भारतले एक श्रृंखला मात्र २०१७ मा आफ्नो नाममा बनाएको थियो । 


 

टेष्ट क्रिकेट सिरिज टी–२० क्रिकेट सिरिज भारतविरुद्ध न्यूजिल्याण्ड

विशेष