विराटनगरमा कलेजका विद्यार्थी बोक्ने बस दुर्घटना, एक जनाको मृत्यु

मोरङः विराटनगरमा कलेजका विद्यार्थी बोक्ने बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना विद्यार्थी घाइते भएका छन् ।
लर्ड बुद्ध कलेजका विद्यार्थी लिन गएको मे १ ख ४० ९० नम्बरको बस धनपालथान गाउँपालिका–६ मा अनियन्त्रित भएर पल्टिँदा गाडी धनी ३२ वर्षीय सानुको ज्यान गएको प्रहरीले जनाएको छ ।
मोरङ विराटनगर बस दुर्घटना