स्वास्थ्य

कोरोना भाईरसको चपेटामा चीन, सर्पबाट संक्रमण फैलिएको आशंका

कोरोना भाईरसको चपेटामा चीन, सर्पबाट संक्रमण फैलिएको आशंका

एजेन्सी। चीनको युहान प्रान्तमा फैलिरहेको अज्ञात कोरोना भाइरसका कारण अहिलेसम्म १७ जनाले ज्यान गुमाईसकेका छन भने ५ सय ५५ भन्दा बढीमा यस भाइरसको संक्रमण देखिएको छ। संक्रमित ५ सय ५५ मध्ये ४ सय ४४ जना युहानी रहेको बताईएको छ। यसका अलावा यस भाइरसको संक्रमण अमेरिका, जापान, थाईल्याण्ड लगायतका देशहरुमा समेत फैलिएको छ।  

अज्ञात भनिएको यस भाइरसको संक्रमण सर्पबाट फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चीनका मानिसहरुमा सदियौंदेखि सर्प खाने प्रचलन रहेको हुँदा यसै मार्फत संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ। 

चीनको युहान प्रान्तमा चमेरो, खरायो तथा अन्य पशुपक्षीको बिक्रि बितान गर्ने बजार छ। यिनै जिवहरुलाई चीनका मानिसले खाने गरेका छन। चमेरोबाट फैलिने 'सेभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम' (Severe Acute Respiratory Syndrome) को भाइरस सर्पको माध्यमबाट मानिसमा फैलिएको हो।  

एसएआरस (SARS) भाईरस जब सर्पमा फैलियो तब यो कोरोना भाईरसमा परिणत भयो। एसएआरस (SARS) को उपचार सम्भव भएपनि सर्पको शरीरमा फैलिएको यस नयाँ भाइरसको अहिलेसम्म उपचार पत्ता लग्न सकेको छैन।  

कोरोना भाइरस एक हावा र खानाको मध्यमबाट फैलिने हुनाले सजक रहन चिकित्सहरुले सुझाएका छन। कोरोना भाईरसको संक्रान भएका मानिसहरुमा ज्वरो, आउने, निमोनिया हुने तथा सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखिएका छन।  

 

कोरोना भाईरस

विशेष