खेल

यी ६ भारतीय क्रिकेटर, जसले एक म्याच मात्र खेल्न पाए!

यी ६ भारतीय क्रिकेटर, जसले एक म्याच मात्र खेल्न पाए!

 काठमाडौंः हरेक क्रिकेट खेलाडीको सपना हुन्छ आफ्नो देशको टीमबाट अन्तर्राष्ट्रिय म्याच खेल्नु । सपना बोकेका कयौंले पूरा पनि गर्छन् । तर, सपना त पूरा हुन्छ, प्रदर्शन फिक्का रहन्छ । यसकारणै उनीहरु अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समय टिकिरहन सक्दैनन् । तर, केही खेलाडी भने उत्कृष्ट प्रदर्शनका बाजुजुत टिक्न सक्दैनन् । यसैबीच आज भारतीय ती खेलाडी जसले एकदिवसीय क्रिकेटबाट अन्तर्राष्ट्रिय म्याचमा आफ्नो देशबाट डेब्यू गर्ने मौका पाए । तर, केवल एक म्याच मात्र खेल्न पाए । यो सूचीमा आउने मुख्य ६ भारतीय खेलाडी हुन्–

१. भागवत चन्द्रशेखरः चन्द्रशेखर भारतीय पूराना क्रिकेटर हुन् । उनी आफ्नो देशका लागि टेष्टमा केही चम्किँए पनि वानडे क्रिकेटमा भने टिक्न सकेनन् । उनले टेष्टमा २४२ विकेट आफ्नो नामा लेखाएका छन् । वानडेमा पनि उनले सन्तोषजक प्रदर्शन गरेका थिए । दुर्भाग्य उनले केवल वानडेमा एक म्याच खेल्ने मौका मात्र पाए । चन्द्रशेखरले २२ जनवरी १९७६ मा न्यूजिल्याण्डविरुद्ध वानडेमा डेब्यू गरेका थिए । जुन खेलमा उनने ७ ओभरमा ३६ रन दिएर ३ विकेट लिएका थिए । उत्कृष्ट प्रदर्शनका बाबजुत वानडेमा उनले त्यसपछि कहिल्यै मौका पाएनन् ।  

२. पंकज धर्मानिः विकेटकीपर–ब्याट्सम्यान पंकजले वानडेमा २३ अक्टुबर १९९६ मा डेब्यू गरेका थिए । उनले आफ्नो वानडे डेब्यू म्याच दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । जुन खेलमा पंकजले ८ रन बनाएका थिए । उक्त खेलमा भारत २७ रनले पराजित भएको थियो । यो खेलपछि भने पंकजले कहिल्यै पनि वानडे खेल्ने मौका पाएनन् ।

३. डोडा गणेशः तिव्र गतिका बलर गणेशले १५ फेब्रुअरी १९९७ मा जिम्बाब्बेविरुद्ध वानडे म्याचमा डेब्यू गरेका थिए । उनले डेब्यू म्याचमा ५ ओभरमा २० रन दिएर १ विकेट लिएका थिए । साथै गणेशले डेब्यू म्याचमा टीमका लागि ४ रन पनि बनाएका थिए । उनको वानडे करियर पनि सुरुवातकै म्याचमा सकिएको थियो ।

४. पंकज सिंहः बलर पंकजले आफ्नो वानडे डेब्यू म्याच २०१० मा श्रीलंकाविरुद्ध खेलेका थिए । डेब्यू म्याचमा उनले ७ ओभरमा बिनाविकेट ४५ रन खर्चिएका थिए । यो खेलपछि पंकजले कहिल्यै पनि अन्तर्राष्ट्रिय वानडेमा मौका पाएनन् । 

५. प्रवेज रसूलः जम्मू–कश्मीरका तिव्र गतिका बलर रसूलले २०१४ मा बंगालदेशविरुद्ध वानडे म्याचमा डेब्यू गरेका थिए । डेब्यू म्याचमा उनले १० ओभरमा ६० रन दिएर २ विकेट लिएका थिए । उक्त खेलमा भारत ७ विकेटले विजयी भएको थियो । राम्रो प्रदर्शन र टीम विजयी हुँदा पनि रसूलले भने त्यसपछि कहिल्यै वानडे खेल्ने अवसर पाएनन् ।  

६. फैज फजलः फजलले १५ जून २०१६ मा जिम्बाब्बेविरुद्ध वानडे डेब्यू गर्ने मौका पाएका थिए । ब्याट्सम्यान फजलले डेब्यू म्याचमा अहिलेका चर्चित क्रिकेट केएल राहुलसँग ओपनिङ गरेका थिए । उक्त खेलमा उनले ६१ ब्लमा ७ चौका र १ छक्का प्रहार गर्दै अविजित ५५ रन बनाएका थिए । यो खेलमा भारत १० विकेटले विजयी भएको थियो । तर, फजलको वानडे करियरमै भने यही म्याचमा समाप्त भएको थियो । फजलले इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सबाट १२ म्याचसमेत खेलिसकेका छन् । जसमाउ नले १८.३ को औसतमा १ सय ८३ रन बनाएका थिए ।  


 


 

क्रिकेट खेलाडी भारतीय क्रिकेटर

विशेष