राष्ट्रियसभा निर्वाचनः गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा मतदान

पोखराः गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान गरेका छन् । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा कायम गरिएको निर्वाचन कार्यालय पुगेर साढे १० बजे मतदान गरेका हुन् ।
५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये बिहीबार १८ सिटका लागि मतदान हुँदैछ । गण्डकी प्रदेशमा २३० मतदाता छन् । टोटल ५ हजार नौ ४० मतभार रहेको गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीइ तहका प्रमुख तथा उपप्रमुख १७० जना रहेका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहको मतभार १८ र प्रदेश सभाको मतभार ४८ कायम गरिएको छ । गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठसहित चुनावी प्रतिस्पर्धामा छन् ।
गण्डकी प्रदेश राष्ट्रियसभा निर्वाचन पृथ्वी सुव्वा गुरुङ