खेल

अन्तिम खेलमा मलेसियाले दियो नेपाललाई १५८ रनको लक्ष्य

अन्तिम खेलमा मलेसियाले दियो नेपाललाई १५८ रनको लक्ष्य

काठमाडौंः मैत्रिपूर्ण अन्तिम एकदिवसीय म्याचमा मलेसिया–११ ले  नेपाल–११ लाई १ सय ५८ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा पहिला ब्याटिङ गरेको मलेसियाले ४३.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि भूषण सेभले ३०, देवेन्द्र मोगनले २८, शार्विन मुनिआन्डीले २२, मोहम्मद अरिफले १७, सायद अजीजले १५ र विजय उन्नीले १३ रन बनाए ।

बलिङमा अविनाश बोहराले ३, ललितनारायण राजवंशी, कुशल मल्लले २–२, कमलसिंह ऐरी र किशोर महतोले एक–एक विकेट लिए । तीन खेलको सिरिज नेपालले एक खेल अगावै २–० ले जितसकेको छ ।

यसअघिका दुबै खेलमा फराकिलो जित हासिल गरेको नेपालले आजको खेलमा पनि त्यहि लय दोहोर्‍याउन चाहन्छ । पहिलो खेलमा नेपाल १ सय ३५ र दोस्रो म्याचमा १ सय ७० रनले विजयी भएको थियो ।

मलेसिया भने ‘क्लिनस्विप’बाट जोगिने प्रयासमा हुनेछ । नेपाल वानडे सिरिजको अन्तिम म्याच खेल्दै ओमान, अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्न पोखराबाट शुक्रबार काठमाडौं आउने छ ।

मैत्रिपूर्ण वानडे नेपालविरुद्ध मलेसिया

विशेष