स्वास्थ्य

नियमित नेलपोलिस प्रयोग गर्दा हुने हानीहरु, जानिराखौं

नियमित नेलपोलिस प्रयोग गर्दा हुने हानीहरु, जानिराखौं

नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । नेलपोलिसले नङलाई जति आकर्षित बनाउछ त्यति नै यसमा प्रयोग हुने केमिकलले हानी पुर्याउछ।जुन कुरा अनुसन्धान पनि पत्ता लागेको छ। त्यसैले नियमित रुपमा नेलपोलिस गर्नु स्वास्थ्यका लागि अति नै हानिकारक छ सजक रहनुहोला। 

यस्ता छन् नियमित नेलपोलिस गर्दाका हानि :

नियमित नेलपोलिसको प्रयोग गर्ने महिलामा ट्रिफेन्यल फोस्फेट जस्ता बिषालु पदार्थ पाईएको छ। जसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने सम्भावना रहन्छ।  

जब यो केमिकल स्वास्थ्यमा प्रवेश गर्छ तब यसले गम्भीर रुप लिन थाल्दछ। विशेषगरी यसले मस्तिष्क र यसका तन्तुहरुमा असर पुर्याउछ।  

नियमित नेलपोलिस गर्दा नङ आवश्यक हावापानीबाट वञ्चित हुन्छ । जसले गर्दा नङका पाप्रा उक्किने लगायतका समस्या आउँछन् ।

फरक-फरक रङ लगाउनका लागि मानिसले अत्यधिक नेल रिमुभर प्रयोग गर्ने गर्छन् । तर, नेल रिमुभरमा एसिटोन हुन्छ, जसले नङमा भएको प्राकृतिक तेललाई हटाउनुका साथै नङ सुक्खा हुन थाल्छ । रिमुभरको अत्यधिक प्रयोगले नङको चमक पनि हराउँदै जान्छ ।

बजारमा कतिपय सस्ता र क्वालिटीलेस नेलपोलिस पनि पाइन्छन् । यस्ता नेलपोलिसले नङलाई रुखो र सुक्खा बनाउँछ । कम केमिकल भएको नेलपोलिस प्रयोग गर्दा राम्रो हुन्छ ।

बजारमा भिटामिनयुक्त नेलपोलिस पनि पाइन्छन् । यस्तो नेलपोलिसको प्रयोगले नङलाई पोषण प्रदान गर्ने काम पनि गर्छ ।

विशेष