'राष्ट्रिय हितलाई सर्वोपरी राखेर एमसीसी अगाडि बढ्छ' (भिडियाेसहित)
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता निर्मल भट्टराइले राष्ट्रिय हितलाई सर्वोपरी राखेर मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अगाडी बढ्ने बताएका छन्।
उनले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै सम्झौतालाई अगाडि बढाउने बताए । एमसीसी कार्यक्रम धेरै पहिलेदेखि अगाडि बढ्ने गरेको र अफ्रिका र साउथ एसियाका ४० देशहरुमा यो प्रक्रिया बढिरहेको बताए।
उनले एमसीसी परियाेजनाले देशकै विकास हुने दाबी गरे। नेता भट्टराइले आफ्नै पार्टीका कतिपय नेताहरू एमसीसीकाे बारेमा नबुझेकाे टिप्पणी गरे।
उनले नेपाल आजकाे स्टुडियाेमा आएर एमसीसीकाे विषयमा कुरा गर्दै निम्म कुराहरू प्रष्ट पारेका छन् :
१) यो सम्झौत विशुद्ध आर्थिक अहयोगको सम्झौता हो।
२) यो परियोजनामा सैन्य गतिविधिसँग कुनै सम्झौता छैन।
३) यो परियोजनाले सडक था विद्युत विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ।
४) यो परियोजना अन्तरगत संचालित योजना ५ वर्षभित्र गरिसक्नु पर्नेछ।
५) यो परियोजना पार्टी विशेषको नभएको हुनाले संसदबाट पारदर्शीताको लागि अनुमोदन हुनुपर्छ।
६) यो परियोजना नेपालले नचाहेको बेला कुनै पनि समय रद्द हुन सक्छ, यो कुनै बाध्यकारी सम्झौता होइन।
७) यो परियोजना ४० भन्दाबढी देशमा लागू छन्, त्यसैले नेपालमा यसलाई अतिरञ्जित गर्नुपर्ने कुनै आवश्यकता छैन।