मुख्य समाचार

फेरि देशभर बदली, तीन दिनसम्म मौसम खुल्ने सम्भावना न्यून

फेरि देशभर बदली, तीन दिनसम्म मौसम खुल्ने सम्भावना न्यून

काठमाडौंः आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार पश्चिमी न्यून चापीय रेखा अझै रहेका कारण देशभर बदली भएको हो ।

यो रेखाले पानी पार्ने सम्भावना एकदमै कम भए पनि आकाशमा बादल लाग्ने भएकाले आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नदेखिएको उनले बताइन् ।

‘पश्चिमी न्यून चापीय रेखा मात्रै छ, प्रणाली होइन,’ मौसमविद् पोखरेलले भनिन्, ‘यसले वर्षा तथा हिमपात गराउने सम्भाना हुँदैन, तर घाम लाग्न पनि दिँदैन, मौसम धुम्म भइरहन्छ।’ तर सीमित स्थानमा हल्का क्षणिक वर्षा हुन पनि सक्ने उनले बताइन्।
 

मौसम मौसम पूर्वानुमान महाशाखा

विशेष