खेल

टी–२० सिरिजः भारत र न्यूजिल्याण्डबीचको पहिलो म्याच आज

टी–२० सिरिजः भारत र न्यूजिल्याण्डबीचको पहिलो म्याच आज

काठमाडौंः भारत र न्यूजिल्याण्डबीचको टी–२० क्रिकेट सिरिजको पहिलो खेल आज हुँदैछ । यी दुई टीमबीचको पहिलो टी–२० नेपाली समयअनुसार दिउँसो १२ः३५ देखि सुरु हुनेछ । पाँच खेलको सिरिजमा दुवै टीमको लक्ष्य विजयी सुरुवात हुनेछ । भारतलाई न्यूजिल्याण्डमाथि जित निकाल्न जहिल्यै पनि चुनौती हुन्छ । टी–२० क्रिकेटमा भारतले न्यूजिल्याण्डलाई कमै समय मात्र हराउन सकेको छ ।

न्यूजिल्याण्डको मैदानमा भारतले हालसम्म एक टी–२० सिरिज पनि आफ्नो नाममा बनाउन सकेको छैन । उसले न्यूजिल्याण्डमा १७ सेप्टेम्बर २०१७ मा पहिलो टी–२० म्याच खेलेको थियो । त्यसपछि न्यूजिल्याण्डसँग भारतको हारको श्रृंखला कायमै छ । २०१९ मा भारतले न्यूजिल्याण्डमा ६ म्याच खेलेको थियो । जसमा भारत एक खेलमा मात्र जित हासिल गर्न सफल भएको थियो ।

न्यूजिल्याण्डमा टी–२० सिरिज जित्न भारत १२ वर्षदेखि संघर्षरत छ । भारत र न्यूजिल्याण्डबीच हालसम्म ४ टी–२० सिरिज भएका छन् । जसमा दुवै देशले २–२ सिरिजको आयोजना गरेका थिए । ४ सिरिजमा भारतले एक श्रृंखला मात्र २०१७ मा आफ्नो नाममा बनाएको थियो ।  

पहिलो खेलमा न्यूजिल्याण्डको सम्भावित प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, टिम सेफर्ट, केन विलियम्सन (कप्तान) रस टेलर,  कोलिन डी ग्रान्डहोम, मिचेल सान्टनर, ईश सोधी, टिम साउथी, स्कट कुग्लेइजन र हमीश बेनेट । 

पहिलो खेलमा भारतको सम्भावित प्लेइङ ११ः रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शामी, नवदीप सैनी र जसप्रीत बुमराह । 

टी–२० क्रिकेट सिरिज न्यूजिल्याण्डविरुद्ध भारत

विशेष