खेल

बिग बास लिगः १४औँ म्याचमा पनि सन्दीपले पाए मौका

बिग बास लिगः १४औँ म्याचमा पनि सन्दीपले पाए मौका

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो १४ औँ म्याचका लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । मेलबर्नले आज ग्लेन म्याक्सवेलको नेतृत्वमा १३ सदस्यीय टोली घोषणा गरेको हो । १४ औँ म्याचमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाएका छन् ।

१४ औं म्याचमा मेलबर्नले दीलबर हुसेन र नाथन कल्टर नाइललाई टीममा मौका दिइएको छ । अघिल्लो खेलमा नाथनलाई विश्राम दिइएको थियो । हुसेनलाई भने पहिलोपटक टीममा मौका दिइएको हो । उनी पाकिस्तानी फास्ट बलर हुन् ।

हुसेनले १४ औं म्याचदेखि मेलबर्नबाट खेल्नका लागि सम्झौता गरेका छन् । मेलबर्नले आफ्नो चौथौं म्याच ब्रिसबेन हिटविरुद्ध खेल्न लागेको हो । मेलबर्न र ब्रिसबेनबीचको म्याच शनिबार दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ ।

ब्रिसबेन विरुद्धको म्याचका लागि मेलबर्नको टोलीः ग्लेन म्याक्सवेल (कप्तान), नाथन कल्टर नाइल, बेन डंक सेब कोच, पीटर ह्यान्ड्सकम्ब, क्लिन्ट हिन्चलिफ, दिलबर हुसेन, सन्दीप लामिछाने, निक लार्किन, निक म्याडिन्सन, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा । 

बिग बास लिग मेलबर्न स्टार्स सन्दीप लामिछाने

विशेष