विचार

प्रधानमन्त्रीलाई पत्रः एमसिसीका सम्बन्धमा किन नेपालका नेताहरु र्‍याल काढेर बसेका?

प्रधानमन्त्रीलाई पत्रः एमसिसीका सम्बन्धमा किन नेपालका नेताहरु र्‍याल काढेर बसेका?

विजयराज गिरीः प्रधानमन्त्री ज्यू नमस्कार,

तपाइसँग प्रत्यक्ष भेट नभए पनि जुन नाकाबन्दीका बेला देखाउनु भएको हिम्मतले तपाइको म ठूलो समर्थक भए । तपाई र मेरो विचारधारा नमिल्नसक्छ । तर, राष्ट्रपति भएको मान्छेसँग विचारधारा मिल्नैपर्छ भन्ने हुँदैन । 

सम्माननिय प्रधानमन्त्री ज्यू, म लगायत विदेशमा बस्ने थुप्रै नेपालीहरुले बुझ्न नसकेको कुरा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) देशको हितमा छैन भन्ने कुरा थाहा पाउँदा पाउँदै किन नेपालका थुप्रै नेताहरु र्‍याल काढेर बसेका छन्? तपाइलाई म के अवगत गराउन चाहन्छु भने हिजो महाकाली र कोशी सम्झौता गर्दा पनि तपाइहरुले जनतालाई ढाँट्नु भएको थियो । जुन आज जनताले दुःख भोगिरहेका छन् । हुन त कोशी हाम्रै होनि र महाकाली पनि हाम्रै हाे । तर, नियन्त्रण सबै दिल्लीकै हातमा छ । जब असार–साउन आउन थाल्छ जनतालाई चैत, बैशाखबाटै चिन्ता लाग्न सुरु भइहाल्छ । किनभने साउन, भदौको त्यो भेललाई दिल्लीले बन्द गरिदिन्छ । र, हाम्रा तराइका दाजुभाई बर्सेनी डुवानको मारमा पर्छन्, घरवार विहिन हुन्छन् ।

यो सबै किन भनिरहेको छु भने प्रधानमन्त्री ज्यू मैले महाकाली नदी आसपासका मान्छेको पिडा राम्रोसँग बुझेको छु । उनीहरुको पिडा नजिकबाट देखेको पनि छु । हामीलाई राम्रोसँग थाह छकि हाम्रो मुलुक आर्थिक हिसाबले भेरै पटाडि छ । यसको मतलब यो होइन कि फाइदा हुन्छ भन्दैमा आफ्नो आमाको छातीमा बुट बजारेको कदापी हेर्न मन छैन ।

तपाइलाई हेक्का रहोस् देशलाई समृध बनाउनु छ भने पहिला देश भित्रका भष्ट्रहरुलाई जरैदेखि उखेलेर फाल्नुहोस् । पम पनि ठोकुवा गर्न चाहन्छु कि सबैभन्दा भ्रष्ट, ज्यानमारा र राष्ट्रघातीहरु तपाइकै पालाको सरकारमा छन् । एमसिसीको पैसाका लागि र्‍याल काढेर बस्नुभन्दा पहिला एनसीएलदेखि थुप्रै अरु संस्थाबाट लिने पैसा उठाउनुहोस् । यदि त्यति गर्दा नि पुगेन छ भने हामी विदेशमा बस्ने नेपाली पैसा उठाएर पठाउने छौं । यदि यस्तो गर्नु भएछ भने मैले आफ्नो खुसीले सरकारलाई ३० देखि ५० लाखसम्म चन्दा दिनेछु । म गरिव भएर के हुन्छ र यदि मेरो देश समृद्ध भन्छ भने । लेखक गिरी हाल रोजगारीको शिलशिलामा यूएई (दुबई) मा छन् । 

केपी शर्मा ओली एमसिसी विजयराज गिरी

विशेष