आइपीएलः धोनीसहित सीएसकेका सम्पूर्ण खेलाडीको तलब (सूचीसहित)
काठमाडौंः भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्स (सीएसके) लाई तीन पटक उपाधि दिलाइसकेका छन् । आइपीएल २०२० को उपाधि दिलाउन पनि धोनीले तयारी थालिसकेका छन् । आइपीएल सुरु हुने मिति नतोकिँदै उनी अभ्यासमा व्यस्त भइसकेका छन् ।
टीमका एक सफल खेलाडी धोनीबारे विश्वभरका क्रिकेटप्रेमीलाई चासो हुन्छ । नेपालमा पनि उनका हजारौं समर्थक छन् । आज तिनै अनुभवी स्टार क्रिकेटर धोनीसहित सीएसकेका क्रिकेटरको ‘तलब’ बारेमा चर्चा गर्दैछौं । धोनीलाई योपटक पनि चेन्नईले मोटो रकममा ‘रिटेन’ गरेको छ । भारतीय मिडियाका अनुसार आइपीएल २०२० मा उनले १५ करोड भारु ‘स्यालरी’का रुपमा पाउने छन् ।
धोनीपछि सीएसकेमा सर्बाधिक ठूलो रकम पाउने खेलाडी हुन् सुरेश रैना । रैनाले आइपीएल २०२० मा ११ करोड रुपैयाँ भारु पाउने छन् । यो सूचीको तेस्रो स्थामा केदार जाधवको नाम आउँछ । उनले आइपीएल १३ औँ सिजनमा ७ करोड ८० लाख भारु पाउने छन् । चौथो स्थानमा अलराउन्डर रवीन्द्र जडेजाको नाम आउँछ । उनले आसन्न आइपीएलमा ७ करोड भारु ‘स्यालरी’का रुपमा पाउने छन् । १३ औँ सिजनको आइपीएलमा सीएसकेसँग २४ खेलाडी छन् । जसमा ८ विदेशी क्रिकेटर छन् । सूचीमा हेर्नुस् सीएसकेका कुन खेलाडीको स्यालरी कति?
१. महेन्द्रसिंह धोनीः १५ करोड
२. सुरेश रैनाः ११ करोड
३. केदार जाधवः ७ करोड ८० लाख
४. रवीन्द्र जडेजाः ७ करोड
५. पीयूष चावलाः ७ करोड ७५ लाख
६. डिजे ब्रावोः ६ करोड ४० लाख
७. स्याम कुरनः ५ करोड ५० लाख
८. करण शर्माः ५ करोड
९. शेन वाट्सनः ४ करोड
१०. शार्दुल ठाकुरः २ करोड ६० लाख
११. अम्बाती रायडूः २ करोड २० लाख
१२. हरभजन सिंहः २ करोड
१३. जोश हेजलउडः २ करोड
१४. मुरली विजयः २ करोड
१५. फाफ डुप्लेसिसः १ करोड ६ लाख
१६. इमरान ताहिरः १ करोड
१७. दीपक चाहरः ८० लाख
१८. लुगिं एन्गीडीः ५० लाख
१९. मिचेल सान्टनरः ५० लाख
२०ः केएम आसिफः ४० लाख
२१. मोनू कुमारः २० लाख
२२. एन जगदीशनः २० लाख
२३. साई किशोरः २० लाख
२४ रितु गायकवाडः २० लाख भारु