मनोरञ्जन

दुलही बनेकी कट्रिना, साथीसँग तास खेल्दै

दुलही बनेकी कट्रिना, साथीसँग तास खेल्दै

एजेन्सी। बलिउडकि स्विट एण्ड क्युट अभिनेत्री कट्रिना कैफ  चलचित्रका अलावा तस्बिरका कारण पनि चर्चामा आउने गर्छिन।  हालै मात्र कट्रिनाका केहि तस्बिर सामाजिक संजालमा भाइरल भईरहेका छन। जुन तस्बिरमा उनलाई दुलहीको भेषमा देखिएको छ। क्रिम कलरको लेहेंगामा कट्रिनालाई अति नै सुन्दर देखिएको छ।  

यस आउटफिटका साथमा गर गहना र निधारको टिकाले कट्रिना सजिसजाउ भएकी छिन। बिशेषत: दुलहीको भेषमा साथीभाईका साथमा तास खेलिरहेकी कट्रिनाको तस्बिरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले अत्याधिक रुचाएका छन। 

कट्रिनाको यो तस्बिर चलचित्रको सुटिंगको क्रममा लिइएको हो। तस्बिर शेयर गर्दै कट्रिनाले क्याप्सनमा 'सेटमा' भनेर लेखेकी छिन।  

कामको कुरा गर्दा कट्रिना यतिबेला अक्षय कुमारका साथमा चलचित्र सुर्यबंशीमा देखिदैछिन। जुन चलचित्र मार्च २७ मा प्रदर्शन हुँदै छ।  

 

Katrina Kaif

विशेष