खेल

बिग बास लिगः ब्रिसबेनविरुद्ध खेल्दै आज सन्दीपआवद्ध मेलबर्न

बिग बास लिगः ब्रिसबेनविरुद्ध खेल्दै आज सन्दीपआवद्ध मेलबर्न

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्सले आज आफ्नो १४ औँ म्याच खेल्दै छ । उसले १४ औँ म्याच क्रिस लिन नेतृत्वको ब्रिसबेन हिटविरुद्ध खेल्न लागेको हो । मेलबर्न र ब्रिसबेनबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ । ‘प्लेअफ’मा स्थान बनाउन ब्रिसबेनलाई आजको खेल जित्नैपर्ने दबाब छ । मेलबर्न यसअघि नै ‘प्लेअफ’मा पुगिसकेको छ । उसले १३ म्याच खेल्दा २० अंक जोडेको छ ।

जारी बीबीएलमा मेलबर्नले १३ खेलमा ३ म्याचमा मात्र हारको सामना गर्नु परेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्नले २ पटक एडिलेड स्टाइकर्स र एकपटक सिड्नी सिक्सर्सविरुद्ध मात्र हार बेहोरेको छ ।

आजको खेलमा पनि प्लेइङ ११ मा अटाउने सन्दीपको सम्भावना बलियो छ । उनी मेलबर्नले शुक्रबार घोषणा गरेको १३ सदस्यीय टोलीमा पनि अटाइसकेका छन् । ब्रिसबेनविरुद्ध सन्दीपसहित २ विदेशी बलरले मौका पाउने सम्भावना छ । मेलबर्नको चौथौं म्याचदेखि पाकिस्तानका फास्ट बलर दिलदार हुसेन जोडिएका छन् । उनी पाकिस्तानी अर्का तिव्र गतिका बलर हरिस रौफको स्थानमा टीममा जोडिएका हुन् । जारी प्रतियोगितामा सन्दीपले १२ म्याच खेल्दा १४ विकेट लिएका छन् । 

ब्रिसबेन विरुद्धको म्याचका लागि मेलबर्नको टोलीः ग्लेन म्याक्सवेल (कप्तान), नाथन कल्टर नाइल, बेन डंक सेब कोच, पीटर ह्यान्ड्सकम्ब, क्लिन्ट हिन्चलिफ, दिलबर हुसेन, सन्दीप लामिछाने, निक लार्किन, निक म्याडिन्सन, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा ।

बिग बास लिग बीबीएल सन्दीप लामिछाने मेलबर्न स्टार्सविरुद्ध ब्रिसबेन

विशेष