खेल

टी–२० क्रिकेटः सन्दीपलाई आज इतिहास रच्ने अवसर

टी–२० क्रिकेटः सन्दीपलाई आज इतिहास रच्ने अवसर

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले ब्रिसबेन हिटविरुद्ध खेल्न लागेको छ । आजको म्यचा खेल्दा सन्दीप नयाँ उपलब्धि हासिल गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्ने छन् ।

यदि आजको खेलमा उनले २ विकेट लिनसके सन्दीपले नेपाली क्रिकेटमा इतिहास रच्ने छन् । उनले आज २ विकेट लिनसके टी–२० मा विकेटको शतक बनाउने छन् । हालसम्म टी–२० क्रिकेटका सन्दीपको नाममा ९८ विकेट रहेको छ । अघिल्लो खेलमा विकेटविहीन रहेका उनी आज इतिहास रच्ने सुनौलो अवसरमा छन् । 

ब्रिसबेनविरुद्ध मेलबर्न आफ्नो १४ औँ म्याच खेल्न लागेको हो । मेलबर्न र ब्रिसबेनबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ । ‘प्लेअफ’मा स्थान बनाउन ब्रिसबेनलाई आजको खेल जित्नैपर्ने दबाब छ । मेलबर्न यसअघि नै ‘प्लेअफ’मा पुगिसकेको छ । उसले १३ म्याच खेल्दा २० अंक जोडेको छ । जारी बीबीएलमा मेलबर्नले १३ खेलमा ३ म्याचमा मात्र हारको सामना गर्नु परेको छ । मेलबर्नले २ पटक एढिलेड स्टाइकर्स र एकपटक सिड्नी सिक्सर्सविरुद्ध मात्र हार बेहोरेको छ ।

आजको खेलमा पनि प्लेइङ ११ मा अटाउने सन्दीपको सम्भावना बलियो छ । उनी मेलबर्नले शुक्रबार घोषणा गरेको १३ सदस्यीय टोलीमा पनि अटाइसकेका छन् । उनीसहित आज २ विदेशी बलरले मौका पाउने सम्भावना छ । मेलबर्नको चौथौं म्याचदेखि पाकिस्तानका फास्ट बलर दिलदार हुसेन जोडिएका छन् । उनी पाकिस्तानी अर्का तिव्रगतिका बलर हरिस रौफको स्थानमा टीममा जोडिएका हुन् । जारी प्रतियोगितामा सन्दीपले १२ म्याच खेल्दा १४ विकेट लिएका छन् । 

टी–२० क्रिकेट बिग बास लिग सन्दीप लामिछाने ब्रिसबेन हिटविरुद्ध मेलबर्न स्टार्स

विशेष