स्वास्थ्य

माघमा पनि भेटिए डेंगु संक्रमित

माघमा पनि भेटिए डेंगु संक्रमित

म्याग्दी। हिमाली जिल्ला म्याग्दीमा एक महिलामा डेंगुको संक्रमण भेटिएको छ। यहि माघ २ गते उच्च ज्वरोबाट ग्रस्त भएर जिल्ला अस्पताल भर्ना भएकी बेनी–७ की ४५ वर्षीया बिरामीको रगत परीक्षण गर्दा डेंगु संक्रमण पाइएको हो ।

'अक्सर गर्मी र बर्षातको सिजनमा देखिने डेंगु माघको चिसो र सुख्खा मौसममा देखिएकाले हामीहरु पनि चिन्तित छौं' बेनी अस्पतालका ल्याब टेक्नोलोजिस्ट संजोग तिमिल्सिना बताउछन।

 बेनी अस्पतालको अभिलेखअनुसार भदौयता मात्र १४ जनामा डेंगु संक्रमण फेला परेको छ । संक्रमित सबै बेनी नगर क्षेत्रका छन् ।

डेंगु

विशेष