खेल

आइपीएल २०२०ः आरसीबीले पहिलोपटक उपाधि जित्नसक्ने प्रमुख ४ आधार!

आइपीएल २०२०ः आरसीबीले पहिलोपटक उपाधि जित्नसक्ने प्रमुख ४ आधार!

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) मा सबैभन्दा अभागी टीम मध्ये रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) एक हो । धेरैपटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको आरसीबीले गत संस्करणमा भने निकै खराब प्रदर्शन गरेको थियो । विश्वक्रिकेटका ‘स्टार’ खेलाडी विराट कोहली नेतृत्वको आरसीबीले १२ औँ संस्करणसम्म आइपुग्दा एकपटक पनि उपाधि हात पार्न सकेको छैन । गत वर्ष खराब लयमा रहेको आरसीबी १३ औंँ सिजनमा उत्कृष्ट लयमा देखिन हरसम्भव प्रयास गर्ने छ । आरसीबी आसन्न आइपीएलमा गत सिजनभन्दा झन बलियो देखिन्छ । उसँग झन् ‘स्टार’ क्रिकेटर थपिएका छन् । टीम बलियो बनेसँगै उपाधि आशा राख्नु पनि स्वभाविक नै हो । आइपीएल २०२० मा आरसीबीले उपाधि जित्नसक्ने आधार के हुन सक्छन्ः 

१. टीमसँग लयमा देखिएका भारतीय खेलाडीः गत सिजनमा खराब प्रदर्शनका बाजुत पनि शिवम दुवे, वासिङटन सुन्दर र नवदीप सैनीलाई आरसीबीले ‘रिलिज’ गरेन । अहिले यी तीनै खेलाडी भारतीय टीमबाट अन्तर्राष्ट्रिय म्याच खेलिरहेका छन् । र, प्रदर्शन पनि सन्तोषजनक नै गरिरहेका छन् । दुवे र सुन्दर अलराउन्डर हुन् । सैनी तिव्र गतिका बलर हुन् । सैनी पछिल्लो समय उत्कृष्ट लयमा देखिएका छन् । उनीहरु बाहेक टीममा स्टार भारतीय बलर उमेश यादव, युवजेन्द्र चहल पनि आरसीबीमा छन् । 

२. सीमित खेलाडीको संख्याः गत सिजनहरुमा आरसीबीसँग अन्य टीमभन्दा धेरै खेलाडी नै हुने गर्दथे । धेरै खेलाडी हुँदा टीम व्यवस्थापनलाई प्लेइङ ११ बनाउन समस्या नै हुने गर्दथ्यो ।  तर, आइपीएल २०२० मा भने उसँग सीमित खेलाडी मात्र छन् । आसन्न सिजनमा आरसीबीले २५ को ठाउँमा २२ खेलाडी मात्र टीममा समावेश गरेको छ । कम खेलाडी टीममा हुँदा टीमक कप्तान विराट कोहलीलाई प्लेइङ–११ छान्न सजिलो हुनेछ । 

३. टीममा ‘स्टार’ पावर हिटरको प्रवेशः पछिल्लो ४ आइपीएल संस्करणमा विराट र एबी डिभिलियर्सबाहेक अन्य आरसीबीका खेलाडीले ४ सय रन बनाउन सकेका छैनन् । ब्याटिङ पक्षलाई अझै बलियो बनाउन आरसीबीले ‘अक्सन’बाट ‘स्टार’ ब्इाट्सम्यानलाई टीममा अनुबन्ध गरेको छ । उसले आरोन फिन्च र जोश फिलिपलाई अक्सनबाट टीममा अनबुन्ध गरेको थियो । 

४. टीममा अनुवभी बलर अनुबन्धित हुनुः आरसीबीलाई जहिल्यै पनि बलिङमा समस्या हुने गरेको छ । तर, यो समस्या समाधानका लागि उसले केही महिना अघि कोलकातामा सम्पन्न ‘अक्सन’मा टीममा ‘स्टार’ अलराउन्डरका साथ बलरलाई भित्र्याएको छ । आरसीबीले डेल स्टेन, क्रिस मोरिस, केन रिचडर्सन,  इसुरु उडना जस्ता चर्चित बलरलाई टीममा अनुबन्ध गरेको छ । 

आइपीएल २०२० खेल्ने आरसीबीको टीमः विराट कोहली (कप्तान), एबी डिभिलियर्स, आरोन फिन्च, पार्थिव पटेल, जोश फिलिप, शहवाज अहमद, केन रिचड्सन, इसुरु उडना, उमेश यादव, पवन देशपान्डे, युजवेन्द्र चहल, क्रिस मोरिस, मोइन अली, डेल स्टेन, पवन नेगी, गुरुर्कीत सिंहमान, नवदीप सैनी, शिवम दुबे, वाशिन्टन सुन्दर, देवदत्त पाडिकल र मोहम्मद सिराज । 

 

इन्डियन प्रिमियर लिग आइपीएल रोयल च्यालेन्जर्स बैंग्लोर

विशेष