स्वास्थ्य

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डाक्टरको मृत्यु

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डाक्टरको मृत्यु

एजेन्सी। चीनमा कोरोना भाइरस लागेका संक्रमितको उपचारमा संलग्न एक डाक्टरको मृत्यु भएको छ। 

कोरोना भाइरस लागेपछि हुबेई सिन्ह्वा अस्पतालका डाक्टर लियाङ विङदोङको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन। उनि कोरोना भाइरस लागेका विरामीको उपचारमा केही दिनदेखि निकै सक्रिय थिए।

कोरोना भाइरस संक्रमणबाट चीनमा हालसम्म ४१ जनाको मृत्यु भईसकेको छ भने सयौं बिरामी परेका छन। 

भाइरस संक्रमणबाट डाक्टरकै मृत्यु भएको यो पहिलो हुनसक्ने चिनियाँ सञ्चारमाध्यमको दाबी छ। नेपालमा पनि एक जनामा कोरोना भाइरस संक्रमणको पाईएको छ। 

कोरोना भाइरस डाक्टर मृत्यु

विशेष