खेल

बिग बास लिगः डिभिलियर्सको टिमविरुद्ध बलिङ गर्दै सन्दीपआवद्ध मेलबर्न

बिग बास लिगः डिभिलियर्सको टिमविरुद्ध बलिङ गर्दै सन्दीपआवद्ध मेलबर्न

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत ब्रिसबेन हिटविरुद्ध मेलबर्न स्टार्सले टस हारेर बलिङको मौका पाएको छ । मेलबर्न–ब्रिसबेनबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ । मेलबर्नमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने आजको खेलमा पनि प्लेइङ ११ मा मौका पाएका छन् । ‘प्लेअफ’मा स्थान बनाउन ब्रिसबेनलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

मेलबर्न यसअघि नै ‘प्लेअफ’मा पुगिसकेको छ । उसले १३ म्याच खेल्दा २० अंक जोडेको छ । जारी बीबीएलमा मेलबर्नले १३ खेलमा ३ म्याचमा मात्र हारको सामना गर्नु परेको छ । मेलबर्नले २ पटक एडिलेड स्टाइकर्स र एकपटक सिड्नी सिक्सर्सविरुद्ध मात्र हार बेहोरेको छ ।

ब्रिसबेन विरुद्धको म्याचका लागि मेलबर्नको प्लेइङ ११ः ग्लेन म्याक्सवेल (कप्तान), नाथन कल्टर नाइल, सेब कोच, पीटर ह्यान्ड्सकम्ब, दिलबर हुसेन, सन्दीप लामिछाने, निक लार्किन, निक म्याडिन्सन, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा ।

मेलबर्न विरुद्धको म्याचका लागि ब्रिसबेनको प्लेइङ ११ः बेन कटिङ, साम हिजलेट, क्रिस लिन (कप्तान) एबी डिभिलियर्स, म्याट रेन्शा, मार्नस लाबुशेन, जैक प्रेस्टविज, जेम्स प्याटिनसन, मिचेल स्वीपसन, बेन लाफ्लिन र मुजीब उर रहमान । 

  
 

बिग बास लिग बीबीएल ब्रिसबेन हिटविरुद्ध मेलबर्न स्टार्स

विशेष