मनोरञ्जन

अजयको ‘तानाजी’ ले कमायो २ सय करोड, पछि परे सलमान र रणवीर!

अजयको ‘तानाजी’ ले कमायो २ सय करोड, पछि परे सलमान र रणवीर!

काठमाडौंः ‘वक्सअफिस’मा अजय देवगणको ‘तानाजीःद अनसङ वारियर’ को कमाइ अझै नथामिने सम्भावना बढेको छ । सिनेमा रिलिजको तेस्रो शुक्रबार यसले गरेको कमाइले यसको रफ्तार अझै नथामिने सम्भावान बढेको हो । 

सिनेमामाथि वरूण धवन तथा श्रद्धा कपुर स्टारर ‘स्ट्रिट डान्सरःथ्रीडी’ को समेत कुनै असर देखिएको छैन । सिनेमाको यो कमाइको सिलसिला कायम रहे यसले नयाँ मानक बनाउने अनुमान गर्न थालिएको छ ।

सिनेमाले कमाइको मामिलामा तेस्रो सातामा यसअघि रणविर कपुर स्टारर ‘संजय’ तथा ऋतिक रोशन स्टारर ‘वार’ को कमाइलाई समेत पछाडि पारेको छ । यतिमात्र होइन सिनेमाले सलमान खानको ‘टाइगर जिन्दा है’ लाई समेत पछाडि पारिदिएको छ ।

सिनेमाले रिलिजको तेस्रो सातामा सर्वाधिक कारोबार गर्ने सिनेमाको सूचिमा आफूलाई पाँचौ स्थानमा अटाउन सफल भएको छ । यो सूचीको पहिलो स्थानमा बाहुबली–२ १०.०५ करोड भारू सहित रहेको छ भने त्यसपछि क्रमशः पिके, संगल, कबीर सिंह रहेका छन् । उनीहरूले तेश्रो शुक्रबार क्रमशः ६.८५, ६.६६ र ५.४० करोड भारू कमाएका थिए ।

पाँचौ स्थानमा रहेको तानाजीले तेश्रो शुक्रबार ५.३८ करोड भारु कमाएको छ । योसँगै सिनेमाले १५ दिनमा दुई सय करोड भारू कमाइ गर्न सफल भएको छ । शुक्रबारसम्म सिनेमाको कुल कमाइ २०२.८३ करोड भारु पुगेको छ । सिनेमा अजयका अलावा काजोल तथा सैफ अलि खानको मूख्य भूमिका रहेको छ ।

सलमान खान रणवीर कपूर तानाजीःद अनसङ वारियर

विशेष