खेल

स्वदेश फर्किँदै सन्दीप

स्वदेश फर्किँदै सन्दीप

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) छाडेर आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किँदै छन् ।

माघ २२ देखि २९ सम्म टियू क्रिकेट मैदानमा हुने ओमान, नेपाल र अमेरिकाबीचको त्रिकोणात्मक ओडीआई सिरिजका लागि सन्दीप मेलबर्न स्टार्सबाट क्वालिफयार खेल छाडेर नेपाल फर्किन लागेका हुन् ।

सन्दीप सम्मिलित मेलबर्न स्टार्स १४ खेलमा १० मा जित र ४ मा हार सहित शीर्ष स्थानमा रहँदै क्वालिफयारमा पुगेको थियो ।

जारी बीबीएलमा सन्दीपले १३ खेलमा १५ विकेट लिएका छन् । यो सँगै सन्दीपको टी–२० क्रिकेटमा आफ्नो विकेट सङ्ख्या ९९ पुगेको छ ।

सन्दीप नेपाल फर्कने भएपछि स्टार्सका प्रशिक्षक डेविड हस्सीले केही निराशा व्यक्त गरेका छन् ।

बिग बास लिग सन्दीप लामिछाने

विशेष