खेल

यी हुन् टी–२० विश्वकपमा धेरै अर्धशतक बनाउने ५ क्रिकेटर

यी हुन् टी–२० विश्वकपमा धेरै अर्धशतक बनाउने ५ क्रिकेटर

काठमाडौंः टी–२० क्रिकेटमा शतक र अर्धशतक बनाउन सक्नु क्रिकेटरका लागि ठूलो उलब्धि मानिन्छ । अझ विश्वकपमा अर्धशतक तथा शतक बनाउन सक्नु त खेलाडीका लागि जीवनकै महत्वपूर्ण क्षण बन्न पुग्छ । यसैबीच आज टी–२० विश्वकपमा सर्बाधिक अर्धशतक बनाउन सफल क्रिकेटरको बारेमा जानकारी दिँदै छौं । विश्वकपमा सर्बाधिक अर्धशतक बनाउने क्रिकेटरको सूची हेर्दा यस्तो देखिन्छः  

१. विराट कोहली, भारतः यो सूचीको शीर्ष स्थानमा भारतीय टीमका कप्तान विराट कोहली रहेका छन् । उनले टी–२० विश्वकपमा खेलेएका १६ खेलमा ८८.३३ को औसतमा ७ सय ७७ रन बनाएका छन् । यसमा उनले कूल ९ पटक ५० भन्दा धेरै रन बनाएका छन् ।

२. क्रिस गेल, वेष्ट इन्डिजः टी–२० क्रिकेटमा सर्बाधिक धेरै रन बनाउने कीर्तिमान गेलको नाममा छ । गेल दुनियाँका सबै टी–२० मा फ्रेन्चाइजी लिग खेलिसकेका खेलाडी छन् । उनले टी–२० विश्व कपमा २८ खेलमा ४० को औसतमा ९ सय २० रन बनाएका छन् । यस समयमा गेलले ९ पटक ५० भन्दा बढी रन बनाएका छन् ।

३. महेला जयवर्दन, श्रीलंकाः श्रीलंकाका पूर्व क्रिकेटर महेलाले टी–२० विश्व कपमामा खेलेका ३१ म्याचमा ३९.०७ को औसतमा १०१६ रन बनाए । यसक्रममा उनले ७ पटक ५० भन्दा बढी रन बनाएका छन् ।

४. रोहित शर्मा, भारतः रोहितले २००७ देखि २०१६ सम्मको टी–२० मा खेलिएको २८ खेलमा ३९.५८ कोे औसतमा ६ सय ७३ रन बनाएका छन् । यस क्रममा उनले ६ पटक ५० भन्दा धेरै रन बनाएका छन् । रोहितले अहिलेसम्म टी–२० मा १०० भन्दा बढि खेल खेलिसकेका छन् । जसमा उनले २ हजार ६ सय ३३ रन बनाएका छन् । रोहिले १८ अर्धशतक बनाएका छन् भने उनले सबैभन्दा बढी ४ शतक पनि बनाएका छन् ।

५. तिलकरत्ने दिलशान, श्रीलंकाः यो सूचीमा पाँचै नम्बरमा आउँछन् श्रीलंकाका पूर्व स्टार क्रिकेटर तिल्करत्ने दिलशान । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरे । दिलशानले टी–२० विश्वकपमा खेलेका ३५ खेलमा ३०.९३ को औसतमा ८ सय ९७ रन बनाए । यसक्रममा दिलशानले ६ पटक ५० रन भन्दा धेरै बनाएका छन् । उनले आफ्नो टी–२० करियरमा खेलेका ८० खेलमा १ हजार ८ सय ८९ रन बनाएका थिए । जसमा १३ अर्धशतक र एक शतक बनाएका थिए ।  

टी–२० क्रिकेट क्रिस गेल रोहित शर्मा विराट कोहली महेला जयवर्दन

विशेष