खेल

भारतलाई आज पनि बलिङको निम्तो, प्लेइङ ११ मा को–कोले पाए मौका?

भारतलाई आज पनि बलिङको निम्तो, प्लेइङ ११ मा को–कोले पाए मौका?

काठमाडौंः टी–२० क्रिकेट सिरिजको दोस्रो म्याचमा पनि घरेलु टोली न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ । भारत र न्यूजिल्याण्डबीचको दोस्रो म्याच नेपाली समयअनुसार दिउँसो १२ः३५ बजेदेखि सुरु हुने छ । दुवै टीमले अघिल्लो खेलकै प्लेइङ सेटलाई मैदान उतारेको छ ।

अघिल्लो खेलमा चौका–छक्काकाे वर्षा भएको थियो । आज पनि चौका–छक्काको आनन्द लिन पाइने सम्भावना छ । किनकी आइतबार पनि अघिल्लो खेल भएकै मैदानमा दुवै टीम भिड्दै छन् । सिरिजको पहिलो खेलमा न्यूजिल्याण्ड र भारतीय खेलाडीले २० छक्का र ३० चौका प्रहार गरेका थिए । पाँच खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएकाे छ ।

सिरिज बराबरी बनाउन घरेलु टोली न्यूजिल्याण्ड आज विशेष रणनीतिका साथ मैदान प्रवेश गर्ने छ । यता भारत पनि सिरिजमा आफूलाई अग्रता कायम गर्नका लागि पूरा तयारीका साथ मैदान छिर्ने छ । अघिल्लो खेलमा न्यूजिल्याण्डका ओपनरद्वय मार्टिन गुप्टिल र कोलिन मुनरोले शानदार सुरुवात दिलाएका थिए ।

भारतका रोहित शर्मा र केएल राहूलबीच भने पहिलो विकेटका लागि ठूलो साझेदारी हुन सकेन । तर, उसका युवा ब्याट्सम्यान श्रेयस अय्यर चम्किँदा भारतले सजिल्यै खेल जितेको थियो ।

भारतको प्लेइङ ११ः रोहित शर्मा, केएल राहूल, विराट कोहली, श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, रवीन्द्र जडेजा, युजवेन्द्र चहल, मोहम्मद शमी, शार्दुल ठाकुर र जसप्रीत बुमराह ।

न्यूजिल्याण्डको प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन, कोलिन डि ग्राण्डहोम, रस टेलर, टिम सेफर्ट, मिशेल सान्टन, ईश सोधी, टिम साउथी, ब्लेयर टिकनर र हमीश बेनेट ।

टी–२० क्रिकेट सिरिज न्यूजिल्याण्डविरुद्ध भारत

विशेष