हरिवंश आचार्यको ‘म त फसेँ माकुरीको जालमा परेर’ सार्वजनिक
काठमाडौंः कलाकार तथा गायक हरिवंश आचार्य र गायिका टिका प्रसाँइको स्वरमा रहेको ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
हरिशरण सायमीको संगीत रहेको गीतमा हिरण्य भोजपुरेको शब्द छ । यो गीतको भिडियोमा हरिवंश आचार्य, आरध्या लक्ष्मी खड्गी र टिका प्रसाँइलाई नै फिचरिङ गरिएको छ । बुढो हुन मन छैन’ बोलको गीत हिट भएपछि हरिवंशले यो गीत सार्वजनिक गरेका हुन् । आरध्या लक्ष्मी खड्गीको निर्देशनमा तयार भएको यो भिडियोमा सोहन मानन्धरको छायांकन तथा सम्पादन छ ।
हरिवंश आचार्य टिका प्रसाँइ