खेल

मेलबर्न स्टार्सले दियो सन्दीपलाई धन्यवाद र शुभकामना!

मेलबर्न स्टार्सले दियो सन्दीपलाई धन्यवाद र शुभकामना!

काठमाडौंः नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यो संस्करण पनि अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टार्सबाट खेले । उनको प्रदर्शन यो सिजनमा पनि राम्रै रह्यो । सन्दीपले योपटक १३ म्याच खेल्दा १५ विकेट लिए । उनी नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाल फर्किएका छन् ।

सन्दीपलाई विदाई गर्दै मेलबर्न स्टार्सले उनलाई धन्यवाद र शुभकामना दिएको छ । आज सामाजिक सञ्जाल मार्फत् मेलबर्नले भनेको छ, ‘तपाइको लागि यो सिजन पनि उत्कृष्ट रह्यो । साथका लागि धन्यवाद, यहाँको अभाव फाइनलमा खड्किने छ । नेपालमा हुने सिरिजका लागि शुभकामना ।’

जारी बीबीएलमा पनि मेलबर्नले शानदार प्रदर्शन गर्दै क्वालिफायरमा छनोट भइसकेको छ । उसले फाइनल पुग्न ३१ जवरीमा सिड्नी सिक्सर्सविरुद्ध खेल्ने छ । उक्त खेलमा यदि मेलबर्न विजयी भएमा फाइनलमा स्थान बनाउने छ ।

सन्दीप लामिछाने बिग बास लिग मेलबर्न स्टार्स

विशेष