मनोरञ्जन

साङ्लोको दोस्रो गीत 'झ्याम्मै आँखा झ्याम्मै' (भिडियोसहित)

साङ्लोको दोस्रो गीत 'झ्याम्मै आँखा झ्याम्मै' (भिडियोसहित)

काठमाडौँ। चलचित्र ‘साङ्लो’ को ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । पहिलो गीत 'चरीले काफल टिप्यो' हिट भएपछि विराजले दोस्रो गीत छायाँकन गरेका थिए ।

 गीतमा अभिनेता विराज भट्ट र निकिता चण्डक फिर्चड छन् । सुरेश अधिकारीको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईले आवाज दिएका छन। गीतको शब्द रचना भने निशानले नै गरेका हुन्।  

 गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका छन। एक्सन प्रधान चलचित्र साङ्लोको विराजको डेब्यु निर्देशन रहेको चलचित्र हो। 

माघ २४ देखि रिलिज हुने चलचित्रमा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ । 

नेपाली चलचित्र निर्माण साङ्ग्लो

विशेष