मुख्य समाचार

सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौंः नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारी विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

प्रतिनिधिसभाले आइतबार ४ महिना लामो रिक्तता अन्त्य गर्दै सापकोटालाई निर्विरोध सभामुखमा चयन गरेको थियो । सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । 

अग्निप्रसाद सापकोटा पद तथा गोपनीयताको सपथ

विशेष