स्वास्थ्य

हुम्लामा मौसमी फ्लु: गाउँमा न औषधि न स्वास्थ्यकर्मी

हुम्लामा मौसमी फ्लु:  गाउँमा न औषधि न स्वास्थ्यकर्मी

सुर्खेत। हुम्लाको चंखेली गाउँपालिका–६ मा फैलिएको मौसली फ्लुका कारण दुई सातामा सातजनाले ज्यान गुमाए। वडाका सात गाउँ मौसमी फ्लुले थलिएका छन्।

मौसमी फ्लुको प्रकोप सुरु भएको दुई साता हुँदा पनि अहिलेसम्म गाउँमा न स्वास्थ्यकर्मी पुगेका छन् न औषधि नाै गाउँ हेर्ने मेलखाम स्वास्थ्यचौकीमा औषधि सकिएको एक साता भयो। ‘बिरामीलाई दिन स्वास्थ्यसंस्थामा सिटामोल पनि छैन’, अहेव जयलाल बुढाले भने, ‘स्थानीय र प्रदेश सरकारलाई गाउँको अवस्थाबारे पटकपटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएको छैन।’

स्वास्थ्यचौकीमा अहेव बुढासहित एक अनमी कार्यरत छन्। अहेव बुढाका अनुसार सात गाउँका एक सय ५० भन्दा बढी स्थानीय मौसमी फ्लुले थलिएका छन्।

‘औषधि नहुँदा स्वास्थ्य संस्थामा आउने बिरामी उपचार नपाएरै फर्किने गरेका छन्,’ उनले भने, ‘गाउँपालिकाले पनि अहिलेसम्म औषधि उपलब्ध गराएको छैन।’ गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईं, उपाध्यक्ष विमलाकुमारी शाही र कार्यकारी अधिकृत एक साता प्रदेश राजधानी वीरेन्द्रनगर बसेर संघीय राजधानी काठमाडौं लागेका छन्। यो समाचार आजको नागरिक दैनिकमा नगेन्द्र उपाध्यायले लेखेका छन। 

 

हुम्ला मौसमी फ्लु

विशेष