मनोरञ्जन

लोकप्रिय बन्दै ओझाको ‘एमसीसी हामीलाई चाँहिदैन, देश बेच्न पाइँदैन’ (भिडियोसहित)

लोकप्रिय बन्दै ओझाको ‘एमसीसी हामीलाई चाँहिदैन, देश बेच्न पाइँदैन’ (भिडियोसहित)

काठमाडौंः पछिल्लो समय मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे नागरिकस्तरदेखि संसद र सिंहदरबारसम्म चर्चा परिचर्चा चलिरहँदा सुदूरपश्चिमबाट उदाएका गायक सौगात ओझाले भर्खरै मात्र राष्ट्रप्रेमले ओतप्रोत गीत ‘एमसीसी हामीलाई चाँहिदैन, देश बेच्न पाइँदैन’ बजारमा ल्याएका छन् ।

गायक ओझा र अर्की चर्चित लोकदोहरी गायिका टीका पुनद्वारा स्वरबद्ध उक्त गीत पछिल्लो समय युटूबमा तहल्का पिटिरहेको छ । लामो समयदेखि नेपाली गीत–संगीतको क्षेत्रमा सकृय गायक ओझा सामान्य घरपरिवारबाट हुर्किएका व्यक्ति हुन् । वि‍.सं २०४३ सालमा डोटीको जोरायल गाउँपालिका सरस्वतीनगर सैनेरी लेकमा बुवा भोजराज ओझा र आमा स्वर्गीय भागरथी ओझाको कोखबाट जन्मिएका ओझाले स्नातकसम्मको अध्यन गरेका छन् ।

गायक ओझाले २०७० सालमा आफ्नो पहिलो लोकदोहोरी एल्बम 'मनभित्र तिमी छौं' र त्यसपछि 'आयो बरै दशैँ तिहार' बजारमा ल्याइसकेका छन् । चलचित्रमा अभिनय गर्ने पहिलेदेखि नै रुचि रहेको बताउने गायक ओझा उत्तिकै राम्रो अभिनय पनि गर्छन् ।

डोटेली चलचित्र 'ण' मा भूमिका र कथा लेखन गरेका ओझाले नेपाली चलचित्रका हस्ती विराज भट्टको यहि माघ २४ गते प्रदर्शनमा आउन लागेको चलचित्र 'साङ्लो' मा अभिनय समेत गरेका छन् । सांगीतिक यात्रा उकालाे लागूलागू भन्ने बेलामा गायक ओझाको जिन्दगीमा ठूलै ब्रजपात पर्न गयो। उनी २०७१ सालमा डोटीको छतिबनमा भएको भयानक बस दुर्घटना परे जहाँ आफू सक्त घाइते भए भने कलिली फूलजस्तै छोरी र आमा गुमाउन पुगे ।

सोही दुर्घटनामा ३१ जनाको ज्यान जानुको साथै दर्जनौ घाइते भएका थिए । हालपनि गायक ओझा मुटुको भल्ब खराबका कारण दिनहुुँ औषधि सेवन गर्ने गर्दछन् । छोरी र आमा गुमाएर परिवार बिचल्लीमा पर्दा पनि गायक ओझाले गीतसंगीतको यात्रालाई भने विश्राम दिएका छैनन् । अहिले पनि उनी निरन्तर साधनामा सकृय छन् । गायक ओझाले हालसम्म डेढ दर्जन गीत सृजना गरिसकेका छन् भने त्यत्तिकै मात्रामा स्वर पनि दिइसकेका छन् ।

रास्ट्रभक्तियुक्त भावना भएका गीत गाउन र सृजना गर्न रुचाउने गायक ओझाको पछिल्लो समय रिलिज भएको 'एमसीसी चाँहिदैन, देश बेच्न पाँइदैन' नामक गीत अत्याधिक रुचाइएको छ । आफ्नै युटुू च्यानल 'डोटेली सौगात ओझा' बाट केहि दिन अघि जन्मदिनको अवसर पारेर रिलिज गरेका ओझाले सबै शुभचिन्तकलाई आफूले थालेको फरक प्रयासलाई हेरिदिन र प्रतिक्रिया दिन अनुरोध समेत गरेका छन् ।

">

एमसीसी सौगात ओझा

विशेष