स्वास्थ्य

यस्ता छन काउली खानुका फाइदा, जानिराखौं

यस्ता छन काउली खानुका फाइदा, जानिराखौं

काउली अर्थात् फूलगोभीलाई सबैभन्दा स्वादिष्ट र सर्वसुलभ तरकारी मानिन्छ । हामीले काउलीलाई केवल सामान्य तरकारीका रुपमा बुझ्दै आएका छौँ । तर वैज्ञानिक अध्ययनहरुबाट काउली निकै लाभदायक हुने तथ्य पुष्टि भईसकेको छ । काउलीमा विभिन्न खाले औषधीय गुण हुने हुनाले यसको नियमित सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक हुने विज्ञहरु बताउँछन् ।

यस्ता छन काउली खानुका फाइदा 

-काउलीमा हुने फाइबरले हाम्रो पाचन प्रक्रियालाई नियमित राख्न मदत गर्छ।  यसले हामीलाई पेट सम्बन्धी रोगबाट बचाउन सहयोग गर्छ ।

-गर्भावस्थामा काउलीको सेवन लाभदायी हुन्छ । यसमा हुने भिटामिनहरु गर्भमा रहेको बच्चाका लागि अति नै लाभदायक छ ।

-विभिन्न वैज्ञानिक अध्ययनहरुले काउली लगायतका सागपातहरुले पेटको क्यान्सरको खतरा कम गर्ने तथ्य पत्ता लगाएका छन् ।

-काउलीको नियमित भोजनले मोटोपनाबाट छुटकारा दिलाउन सहयोग गर्छ । काउली वजन नियन्त्रणका लागि निकै सहयोगी सावित हुन्छ ।

-काउलीमा प्रसस्त क्याल्सियम पाइन्छ । यस्तो क्याल्सियम हाम्रो शरीर हड्डीको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ र यसले दाँतलाई समेत स्वस्थ र बलियो बनाउँछ ।

-काउलीको सेवनले घाँटी सम्बन्धी विभिन्न खाले स्वास्थ्य समस्याबाट समेत छुटकारा दिलाउन सहयोग गर्छ ।

-दिसाबाट रगत बग्ने तथा पाइल्स जस्ता रोगीका लागि काउली फाइदाजनक हुन्छ। 

-रक्तचाप सन्तुलन तथा रगतमा भएका विषाक्त पदार्थको निष्कासनमा समेत गोभी सहयोगी हुन्छ ।

-काउलीको नियमित सेवनले कपाल झर्ने समस्या समेत घट्ने विज्ञहरु बताउँछन् ।

#काउली

विशेष