खेल

६ महिनादेखि खाली छ टिम बसमा धोनीको सीट!

६ महिनादेखि खाली छ टिम बसमा धोनीको सीट!

काठमाडौंः भारतीय टीमका स्टार स्पिनर युजवेन्द्र चहलले पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई टोलीमा सधैं सम्झिरहेका बताएका छन् । उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै धोनीले टीम बसमा बस्ने सिट पनि सधैं खालि नै रहने गरेको बताएका छन् । उनको भिडियोमा पनि धोनीले बस्ने सीट खालि नै देख्निछ ।

भिडियोको अन्त्यमा चहल धोनी बस्ने सीटमा जान्छन् । र, इशारा गर्दै भन्छन्, ‘यो सिटमा महेन्द्रसिंह धोनी बस्नुहुन्थ्यो, अहिले यो सीटमा कोही पनि बस्नुहुन्न । हामी उहाँलाई धेरै मिस गरिरहेका छौँ ।’

चहलले न्यूजिल्याण्डसँगको टी–२० सिरिजको तेस्रो म्याचका लागि आकल्याण्डबाट हमिल्टन जानेक्रममा एक भिडियो पोस्ट गर्दै बनाउँदै धोनीबारे यस्तो बताएका थिए जारी पाँच खेलको सिरिजमा भारतले २–० ले अग्रता बनाएका छ । न्यूजिल्याण्ड–भारतबीचको तेस्रो म्याच बुधबार हुँदैछ ।

धोनीले भारतका लागि अन्तिम अन्तर्राष्ट्रिय म्याच २०१९ को वानडे विश्वकपमा न्यूजिल्याण्डविरुद्ध खेलेका थिए । जूलाईदेखि धोनी क्रिकेट मैदान बाहिर नै छन् । यद्यपि केही दिन अघि उनी झारखण्डको रणजी टीमका साथ अभ्यास गरिरका देखिन्थे ।

सुरेश रैना भन्छन्, ‘धोनी फिट छन्, टिमका लागि अझै उनको आवश्यता छ’

भारतीय क्रिकेटर सुरैश रैनाले टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले केही वर्ष अझै अन्तर्राष्ट्रिय म्याच खेल्न आवश्यक रहेको बताएका छन् । ३३ वर्षीय रैनाले धोनी फिट रहेको र उनको आवश्यकता टीमलाई रहेको बताए ।

भारतीय एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै रैनाले भनेका छन्, म धोनीले अझैं अन्तर्राष्ट्रिय म्याच खेलेको हेर्न चाहन्छु । उनी फिट छन् । र, धोनी कडा ट्रेनिङ पनि गरिरहेका छन् । मलाई लाग्छ कि धोनी अझैं पनि भारतीय टीमका लागि जरुरत छन् ।’

धोनी र रैना आइपीएलमा चेन्नई सुपर किंग्सका महत्वपूर्ण सदस्य हुन् । धोनीले भारतका लागि अन्तिम अन्तर्राष्ट्रिय म्याच २०१९ को वानडे विश्वकपमा न्यूजिल्याण्डविरुद्ध खेलेका थिए । जूलाईदेखि धोनी क्रिकेट मैदान बाहिर नै छन् । यद्यपि केही दिन अघि उनी झारखण्डको रणजी टीमका साथ अभ्यास गरिरका देखिन्थे ।

महेन्द्रसिंह धोनी युजवेन्द्र चहल टिम बस

विशेष