मनोरञ्जन

ग्रामी अवार्डमा लगाएको गाउनका कारण ट्रोल भइन् प्रियंका (तस्बिरसहित)

ग्रामी अवार्डमा लगाएको गाउनका कारण ट्रोल भइन् प्रियंका (तस्बिरसहित)

काठमाडौंः बलिउड अभिनेत्री प्रियंका चोपडाले लगाएको पहिरनले उनी प्रायः चर्चामा आइरहन्छिन् । तर कहिले उनी सकारात्मक टिप्पणीसहित चर्चित हुन्छिन् भने कहिले नकारात्मक टिप्पणीसहित । पछिल्लो पटक प्रियंका पहिरनले नकारात्मक टिप्पणी पाएको छ ।

आइतबार भएको ग्रामी अवार्ड २०२० मा सरिक भएकी प्रियंकाले जे लगाइन् त्यो चर्चाको विषय बनेको छ । उक्त पहिरनले विभिन्न अन्तर्राष्ट्रिय फेशन आइकनलाई प्रियंकाको यो लुक निकै मन पर्‍यो भने कतिले उनलाई यही परिरनका लागि ट्रोल पनि गरिरहेका छन् । प्रियंका श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा सरिक भएकी थिइन् ।

प्रियंकाले निकसँग ग्रामी २०२० को रेड कार्पेटमा फेशन डिजाइनर राल्फ एन्ड रुसोको डिजाइनर ड्रेसमा इन्ट्रि गरिन् । उक्त सेतो गाउनको हाइलाइट भनेको यसको ‘एक्स्टा लङ्ग नेकलाइन’ । उक्त नेकलाइन उनको नाभीसम्मै पुगेको थियो । यसैका कारण प्रियंकालाई मानिसहरुले ट्रोल गर्न सुरु गरे ।

प्रियंकाले उक्त अवार्ड कार्यक्रममा जानु अघि आफ्ना केही तस्बिर इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् जसमा उनी त्यही पहिरनमा देखिएकी छिन् । यसमा थुप्रै प्रयोगकर्ताले प्रियंकाको यो पहिरनलाई उनको अहिलेसम्मकै सबैभन्दा भद्दा पहिरन भनेका छन् ।  

प्रियंका चोपडा ग्रामी अवार्ड ट्रोल

विशेष