त्रिकोणात्मक सिरिजः क्याम्पमा फर्किए सन्दीप
काठमाडौंः माघ २२ गतेदेखि सुरु हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ लागि बिग बास लिग (बीबीएल) खेल नेपाल फर्किएका सन्दीप लामिछानेले प्रशिक्षण सुरु गरेका छन् । उनी अष्ट्रेलियामा भइहेको बीबीएल खेलेर सोमबार राति नेपाल पुगेका हुन् । सन्दीपले मंगलबारबाट नै प्रशिक्षण सुरु थालेका छन् । उनी नेपाली टीमका महत्वपूर्ण सदस्य हुन् ।
सन्दीपबाट त्रिकोणात्मक सिरिजमा नेपालले ठूलो आशा राखेको छ । उनको प्रदर्शन नेपाली टीमका लागि सिरिजमा ठूलो भूमिका निर्वा गर्ने छ । वानडे क्रिकेटमा सन्दीपले हालसम्म ६ खेलमा १५ विकेट लिएका छन् । जसमा उनको उत्कृष्ट बलिङ २४ रनमा ४ विकेट लिनु हो । नेपालले सिरिजको पहिलो खेल माघ २२ गते ओमानसँग खेल्नेछ । दोस्रो खेलमा माघ २५ मा अमेरिकाको सामना गर्नेछ भने तेस्रोमा २६ गते ओमान र २९ मा अमेरिकासँग फेरी खेल्ने छ ।
त्रिकोणात्मक सिरिजका लागि टिकट मूल्य निर्धारण
टियू क्रिकेट मैदानमा सुरु हुने विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजका लागि टिकट मूल्य निर्धारण गरिएको छ । सिरिजको टिकेटिङ पाटर्नरको रुपमा ई–सेवा जोडिएको छ ।
अब सिरिजका खेल हेर्न एक क्लिकका भरमा टिकट लिन सकिनेछ । जसले गर्दा खेल हेर्न मैदान पुग्ने दर्शकहरुलाई टिकट खरिद गर्न कुनै कठिनाई नहुने र छिटो र सरल माध्यमबाट खेललाई दर्शकहरुले नियाल्न पाउने ब्यबस्था गरिएको छ । सिरिजका खेलहरुला लागि नेपालको अग्रणी तथा लोकप्रिय ई–सेवाले टिकट खुला चाडैंनै गर्ने जानकारी दिएको छ ।
जसको मूल्य नेपालको खेलमा २ सय रुपैयाँ र अन्य खेलमा १ सय रुपैयाँ तय गरिएको छ । नेपालले सिरिजको पहिलो खेल माघ २२ गते ओमानसँग खेल्नेछ । दोस्रो खेलमा माघ २५ मा अमेरिकाको सामना गर्नेछ भने तेस्रोमा २६ गते ओमान र २९ मा अमेरिकासँग फेरी खेल्ने छ ।
सन्दीप लामिछाने त्रिकोणात्मक सिरिज विश्वकप क्रिकेट लिग–२