खेल

विराटले तोड्न सक्छन् भोलि धोनीको यो कीर्तिमान

विराटले तोड्न सक्छन् भोलि धोनीको यो कीर्तिमान

काठमाडौंः भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले एकपछि अर्को कीर्तिमान बनाइरहेका छन् । विश्व क्रिकेटका चर्चित कप्तान विराटले बुधबार फेरि केही कीर्तिमान आफ्नो नाममा बनाउने सम्भावना बढेको छ । अहिले भारत टी–२० क्रिकेट सिरिजका लागि न्यूजिल्याण्डमा छ । उसले सिरिज अन्तर्गत तेस्रो म्याच बुधबार खेल्दै छ । यदि विराटले भोलि (बुधबार) को म्याचमा २५ रन बनाउन सके पूर्वकप्तान महेन्द्रसिंह धोनीको रेकर्ड भंग गर्ने छन् । 

भारतका लागि टी–२० मा कप्तानका रुपमा सर्बाधिक रन बनाउने खेलाडीको सूचीमा अहिले धोनी शीर्ष स्थानमा छन् । उनले टी–२० मा कप्तानका रुपमा १ हजार एक सय १२ रन बनाएका छन् ।  
यो सूचीमा दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसिस शीर्ष स्थानमा छन् । उनले कप्तानका रुपमा टी–२० मा १२ सय ७३ रन बनाएका छन् । यस्तै न्यूजिल्याण्डका कप्तान केन विलियिम्सन (११४८) दोस्रो र धोनी (१११२) तेस्रो स्थानमा छन् । 

सर्बाधिक अर्धशतक बनाउने वर्तमान कप्तान!

बुधबार विराटले सर्बाधिक अर्धशतक बनाउने वर्तमान कप्तानको कीर्तिमान बनाउने सम्भावना पनि बलियो छ । यदि सिरिजको तेस्रो खेलमा अर्धशतक बनाउन सके विराटले केन विलियम्सन र फाफ डुप्लेसिसलाई पछि पार्ने छन् । अहिलेसम्म यी तीनै कप्तानले समान ८ अर्धशतक बनाएका छन् ।  

सर्बाधिक छक्का प्रहार गर्ने दोस्रो कप्तान!

विराटले भोलि सर्बाधिक छक्का प्रहार गर्ने कप्तानको सूचीमा दोस्रो स्थानमा उक्लिने सम्भावना पनि छ । यदि उनले ७ छक्का प्रहार गर्नसके टी–२० मा सर्बाधिक छक्का प्रहार गर्ने वर्तमान कप्तानको सूचीमा विराट दोस्रो स्थानमा उक्लिने सम्भावना बढेको हो । उनी बुधबार ७ छक्का प्रहार गरे टी–२० मा ५० अर्धशतक पूरा गर्ने दोस्रो कप्तान बन्ने छन् । यो सूचीको शीर्ष स्थानमा इंग्ल्याण्डका टी–२० कप्तान इओन मोर्गन छन् ।  

 

   

भारतीय क्रिकेट टीम विराट कोहली कीर्तिमान महेन्द्रसिंह धोनी

विशेष