स्वास्थ्य

शुभ अशुभको कुरा छाडौं, यस्तो छ आँखा फर्फराउनुको मुख्य कारण

शुभ अशुभको कुरा छाडौं, यस्तो छ आँखा फर्फराउनुको मुख्य कारण

धार्मिक मान्यता अनुसार आँखा फर्फराउनुको शुभ अशुभ संकेत हुने बताइन्छ। तर यसले स्वास्थ्यका बारेमा पनि धेरै कुराको इंकित गर्ने गर्छ ।  कुनै बेला यो १-२ सेकेन्डमै निको हुन्छ त कुनै बेला यसलाई निको हुन २-३ दिननै लाग्छ। केहि छिन आँखा फर्फराउनु सामान्य कुरा हो तर कुनै बेला भने यसले गम्भीर रुप पनि लिन सक्छ। 

जान्नुहोस आँखा फरफराउनुका बैज्ञानिक कारण 

आँखा फर्फराउनुलाई चिकित्सकीय भाषामा म्योकिमिया (Myokymia) भनिन्छ। यस्तो स्थितिमा आँखामा मांशपेशी बाउँडिने गर्छ।

आँखासम्बन्धि समस्या भएकाहरुमा पनि आँखा फर्फराउने समस्या हुन्छ। यसका साथै अत्याधिक रक्सीको सेवन पनि आँखा फर्फराउनुको मुख्य कारण हो।  

चिया, कफिमा पाइने कफिनले पनि कुनै बेला आँखा फर्फराउछ। लगातार आँखा फर्फराएको छ भने केहिदिन चिया कफी पिउन कम गर्नुपर्छ परिणाम आफै देखा पर्छ। 

तनाव, अनिन्द्रा तथा अन्य कारणले पनि आँखा फर्फराउँछ। त्यसैले पुरा निन्द्रा लिनु आवश्यक छ। 

शरीरमा म्याग्नेसियमको कमि भएमा पनि आँखा फरफराउने एक अध्ययनले देखाएको छ। 

लगातार कम्प्युटर, मोबाइलको स्क्रिन हेरिरहँदा पनि आँखामा समस्या देखिन्छ। यसबाट बच्नका लागि प्रत्येक २० मिनेटमा आँखालाई दायाँबायाँ डुलाउनुपर्छ। 

 

 

आँखा फर्फराउनु

विशेष