मनोरञ्जन

साकिराको सपना पूरा हुँदै

साकिराको सपना पूरा हुँदै

काठमाडौंः कोलम्बियन पप स्टार साकिरा फेब्रुअरी २ मा आफ्नो ४३ औँ जन्मदिन मनाउँदै छिन् । यो जन्मदिनमा उनको बाल्यकालदेखिको सपना साकार हुने भएको छ ।

साकिरा फ्लोरिडाको मियामीको हार्डरक स्टेडियममा जेनिफर लोपेजसँग स्टेज सेयर गर्दै छिन् । सुपर बाउल हाफटाइम सोमा आफ्नो प्रस्तुती दिनु उनको बाल्यकालदेखिको सपना थियो ।

२०२० को सुपर बाउल सोका लागि जेनिफर र साकिरा जनवरी अन्तिममा रिहर्सल सुरु गर्दै छन् । सुपर बाउल नेसनल फुटबल लिग च्याम्पियनसिपको वार्षिक इभेन्ट हो । २०१९ च्याम्पियनसिपको बिजेता इङ्ल्यान्ड पेट्रिय्याट्स हो ।  

सपना साकिरा

विशेष