मनोरञ्जन

ट्रेलरमा यस्तो देखियो धुर्मुस सुन्तलीको 'सेन्टी भाइरस' (ट्रेलरसहित)

ट्रेलरमा यस्तो देखियो धुर्मुस सुन्तलीको 'सेन्टी भाइरस' (ट्रेलरसहित)

काठमाडौँ। हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस’ को ट्रेलर  सार्वजनिक भएको छ। 

सार्वजनिक ट्रेलरमा चलचित्र राजनैतिक कथामा निर्माण भएको भन्ने अनुमान लगाउन सकिन्छ। रामबाबु गुरुङ निर्देशित चलचित्रलाई कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् भने चलचित्रमा डिन्डु लामा ह्योल्मोको पनि लगानी रहेको छ। साथै चलचित्रमा शैलेन्द्र डि.कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन रहेको छ।  

फागुन ९ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा सिताराम र कुञ्जनाको अलवा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल, एलिस राइ, सन्दिप क्षेत्री, पवन खतिवडा, सुनिता घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

">

सेन्टी भाइरस ट्रेलर

विशेष