बैवाहिक बन्धनमा बाँधिए क्रिकेटर सोमपाल कामी

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामी बैवाहिक बन्धनमा बाँधिएका छन् । सोमपालले सुदूरपश्चिमकी प्रेमिका प्रतिभा घिमिरेसँग आज लगनगाँठो कसेँका हुन् ।
चोटका कारण घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको सिरिजमा टोली बाहिर रहेका सोमपालले यहि मौकामा लगनगाँठो गरेका हुन् ।
विगत लामो समयदेखी प्रेम सम्बन्धमा रहेका सोमपाल र प्रतिभाको बैवाहिक समारोहमा सिमित क्रिकेटर र साथीमात्र सहभागी भएका छन् ।
सोमपाल कामी विवाह