खेल

भारतसँगको वानडे सिरिजका लागि न्यूजिल्याण्डद्वारा टोली घोषणा

भारतसँगको वानडे सिरिजका लागि न्यूजिल्याण्डद्वारा टोली घोषणा

काठमाडौंः भारतसँगको एकविदसीय क्रिकेट सिरिजका लागि न्यूजिल्याण्डले टोली घोषणा गरेको छ । न्यूजिल्याण्डले केन विलियम्सनको कप्तानीमा १३ सदस्यीय टोली घोषणा गरेको हो । न्यूजिल्याण्डको वानडे टीममा कायले ज्यामिसनले पहिलोपटक मौका पाएका छन् । यसका अलावा तिव्र गतिका बलर स्टक कुग्लेन र हमीश बेनेट तीन वर्षपछि टोलीमा फर्किएका छन् । टीमका स्टार ट्रेन्ट बोल्ट, लकि फर्गुसन र म्याट हेनरी भने भारतसँगको वानडे सिरिजमा पनि हुने छैनन् । उनीहरु चोटका कारण वानडे टीममा नअटाएका हुन् ।  

सन् २०१९ मा इंग्ल्याण्ड र वेल्समा सम्पन्न एकविदसीय विश्वकपपछि पहिलोपटक किवी टीम वानडे सिरिज खेल्न लागेको हो । भारत विरुद्धको वानडे सिरिजमा टीमका स्पिनर इश सोधीले एक मात्र खेलमा मौका पाएका छन् ।

सात फेब्रुअरीमा भारत ‘ए’सँगको अनौपचारिक टेष्ट म्याच खेल्नका लागि सोधीलाई वानडे सिरिजको एक म्याचमा मात्र मौका दिइएको हो । तीन खेलको सिरिजको पहिलो म्याच म्याच ५ फेब्रुअरीमा हमिल्टनमा हुनेछ । दोस्रो म्याच ८ फेब्रुअरी र सिरिजको चौथो तथा खेल फेब्रुअरी ११ मा हुनेछ । 

भारतसँग वानडे सिरिज खेल्ने न्यूजिल्याण्डको टोलीः केन विलियमसन (कप्तान), रस टेलर, हमीश बेनेट, टम ब्लन्डेल, कोलिन डी ग्रान्डहोम, मार्टिन गुप्टिल, काइल ज्यामिसन, कुग्लेन, टम लाथम, जिमी नीशम, हेनरी निकोल्स, मिचेल सान्टनर, ईश सोधी, र टिम साउदी ।  

न्यूजिल्याण्डविरुद्ध भारत वानडे सिरिज एकविदसीय क्रिकेट सिरिज

विशेष