राशिफल

शुक्रबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस आजको राशिफल

शुक्रबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल पुष महिनाको १८ गते शुक्रबार, तदअनुसार सन् २०२० जनवरी ३ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

जिद्धिपनाले काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज सबैले तपाईंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । शुभकार्यको चर्चा चल्नेछ ।
 

#Daily Horoscope

विशेष