पूजासँग मायाको कसम खाँदै पल (भिडियोसहित)

काठमाडौँ। ‘म यस्तो गीत गाउँछु २’ कसम कसम बोलको नयाँ गीत सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा पल शाह, पूजा शर्मा र एलिशा शर्मा फिचर्ड भएका छन् । सुगम पोखरेलको आवाज रहेको गीत दिनेशराज पुरी र अर्जुन पोखरेलको संगीतमा तयार भएको हो। गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन्।
शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथामा रहेको चलचित्रमा पूजा र पलसँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय रहेको छ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र फागुन २३ गतेदेखि प्रदर्शन हुँदैछ।
म यस्तो गीत गाउँछु २